गठबन्धन सरकारमा सहभागी हुने माधव नेपालको औपचारिक घोषणा

गठबन्धन सरकारमा सहभागी हुने माधव नेपालको औपचारिक घोषणा



दल त्याग गरेकालाई एमालेले पार्टीबाट निष्कासन गर्ने

नेकपा (एमाले)ले पार्टी परित्याग गर्नेलाई निष्कासन गर्ने निर्णय गरेको छ । तुल्सीलाल स्मृति प्रतिष्ठान ललितपुरमा बिहीबार भएको केन्द्रीय कमिटी बैठकले पार्टी परित्याग गरी नयाँ दलमा गएका पार्टीका नेताको नाम पार्टीको अभिलेखबाट हटाउने निर्णय गरेको एमाले प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिएका छन् ।

नवगठित नेकपा (एकीकृत समावेशी)का अध्यक्ष माधव नेपालले वर्तमान गठबन्धनको सरकारमा सहभागी हुने बताएका छन् । सो पार्टीले बुधबार निर्वाचन आयोगबाट दल दर्ता भएको प्रमाणपत्र प्राप्त गरेपछि औपचारिक रूपमा बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले वर्तमान गठबन्धनको सरकारमा सहभागी हुने औपचारिक जानकारी गराएका हुन् ।

पाँचदलीय गठबन्धनमा आफू पनि भएको र सरकारमा छिट्टै सहभागी हुने उनको भनाइ थियो । ‘सबै वामपन्थी लोकतान्त्रिकसँग पार्टीले सहयोग गर्छ, कांग्रेस, माओवादी, जसपासँग सहकार्य हुन्छ, सत्ता बाहिर रहेका कम्युनिष्टसँग पनि सहकार्य हुन्छ’, नेपालले खुलासा गरे ।

आफ्नो पार्टी राष्ट्र र जनताप्रति समर्पित हुने, कुनै स्वार्थ र कुसंस्कारको झुण्डमा नपर्ने उनको भनाइ थियो ।

दल त्याग गरेकालाई एमालेले पार्टीबाट निष्कासन गर्ने

यसैबीच नेकपा (एमाले)ले पार्टी परित्याग गर्नेलाई निष्कासन गर्ने निर्णय गरेको छ । तुल्सीलाल स्मृति प्रतिष्ठान ललितपुरमा बिहीबार भएको केन्द्रीय कमिटी बैठकले पार्टी परित्याग गरी नयाँ दलमा गएका पार्टीका नेताको नाम पार्टीको अभिलेखबाट हटाउने निर्णय गरेको एमाले प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिएका छन् । पार्टी परित्याग गरेकालाई निष्कासन गरेको जानकारी निर्वाचन आयोगलाई समेत दिने उनको भनाइ छ । बैठकले यही भदौ ८ गते स्थायी कमिटी बैठकले गरेका निर्णयको अनुमोदनसमेत गरेको छ ।

पार्टी परित्याग गरेका कसैले भुल महसुस गरे सच्याएर आए पार्टी एकतामा फर्कन चाहनेलाई ढोका खुला राखिने उल्लेख गर्दै नेता ज्ञवालीले फर्किएर आउनेलाई स्वागत गरिनुका साथै जिम्मेवारीसमेत दिइने बताए ।

एमाले बैठकले १०बुँदे प्रस्ताव शीघ्र र प्रभावकारीरूपमा पार्टी एकताको मर्मलाई प्रतिविम्ब गर्ने गरी कार्यान्वयन गर्नेसमेत निर्णय गरेको छ । पार्टीबाट हटाइएका र अनुपस्थित रहेका नेताको सनाखत गरेर निर्वाचन आयोगले पार्टी विभाजनमा सहयोगी बनेको निष्कर्ष निकालेको पार्टीका प्रवक्ता ज्ञवालीले जानकारी दिए ।

गत मङ्गलबार एमालेबाट अलग भइमाधवकुमार नेपालको नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) पार्टी गठन भएको थियो । बैठकले पार्टीले कारवाही गरेर पठाएका सांसदको कारवाहीको सूचना सभामुख अग्निप्रसाद सापकोटाले अझै टाँस नगरेकाले संसदीय अभ्यासअनुसार प्रतिवाद गर्ने निर्णय एमालेले गरेको छ ।

बैठकले १० बुँदे सहमति जनवर्गीय सङ्गठनमा कार्यान्वयन गर्नका लागि महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णुप्रसाद पौडेल, सचिव गोकर्ण विष्ट र स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीलाई जिम्मेवारी दिएको छ ।

यही भदौ ८ गते एमालेको स्थायी कमिटी बैठकले पार्टीको सबै संरचना २०७५ जेठ २ गते अवस्थामा फर्काउने निर्णय गरेको थियो । दश बुँदे कार्यान्वयनमा समस्या आएमा उपाध्यक्ष भीम रावल, उमहासचिवद्वय पौडेल र घनश्याम भुसाल, स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे र लेखराज भट्टसहितको सहजीकरण गर्नका लागि कार्यदल गठन गरेको छ ।

एमालेले पार्टीको १०औँ राष्ट्रिय महाविधेशन आगामीमङ्सिर १० देखि मङ्सिर १३ गते र विधान अधिवेशन आगामी असोज ४ गतेदेखि असोज ६ गतेसम्म गर्ने निर्णय गरेको छ । एमालेले आगाी कात्तिक ६ गते वडा अधिवेशन र कात्तिक ९ गते पालिका अधिवेशन गर्ने भएको छ ।

बिहीबारको बैठकमा सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टी एकताका पक्षमा उभिने र विभाजनको विपक्षमा उभिनेलाई स्वागत गरेका थिए भने बैठकमा बोल्ने सबै केन्द्रीय सदस्यले पार्टी एकता सुदृढीकरण गर्न सङ्कल्पसमेत व्यक्त गरेका थिए ।