सेती दोभानमा पहिरो खसेपछि नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध

सेती दोभानमा पहिरो खसेपछि नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध


नारायणगढ-मुग्लिन सडकखण्डको सेती दोभानमा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । बिहीबार राति ८ः२० बजेको समयमा ठूलो पहिरो खसेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका-२९ मा पर्ने सेती दोभानमा पहिरो खसेर सडक अवरुद्ध भएको हो ।

पानी परिरहेको र पहिरो खसिरहेकाले तत्काल बाटो सञ्चालन हुने सम्भावना नरहेको बताइएको छ ।