शुक्रबार सुनको मूल्यमा पाँच सय रुपैयाँ वृद्धि

शुक्रबार सुनको मूल्यमा पाँच सय रुपैयाँ वृद्धि



सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको छ । बिहीबार २ सय रुपैयाँले घटेर ९१,१०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य शुक्रबार बढेर ९१,६०० सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजाबी सुनको मूल्य पनि तोलामा ५०० रुपैयाँले नै बढेर ९१,१०० रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य भने प्रतितोला १० रुपैयाँले सस्तिएको महासंघले जनाएको छ ।

बिहीबार प्रतितोला १,२१० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य शुक्रबार १० रुपैयाँले घटेर १,२०० रुपैयाँ कायम भएको छ ।