बाढी-पहिरो पीडितलाई भारत सरकारबाट आठ करोडको राहत

बाढी-पहिरो पीडितलाई भारत सरकारबाट आठ करोडको राहत



नेपालका विभिन्न पन्ध्र जिल्लाका बाढी तथा पहिरोबाट प्रभावित पीडित परिवारको राहतका लागि भारत सरकारबाट आठ करोड बराबरको राहत सामग्री उपलब्ध भएको छ ।

प्रकोपबाट पीडित परिवारका लागि भारत सरकारको तर्फबाट उपलब्ध राहत सामग्री भारतीय दूतावासका मिशन उप-प्रमुख श्रीमती नामग्या खम्पाले नेपाल-भारत महिला मैत्री समाजकी अध्यक्ष तथा सांसद चन्दा चौधरी र प्राज्ञिक विद्यार्थी परिषद्का अध्यक्ष नारायण ढकाललाई हस्तान्तरण गर्नुभयो शुक्रबार हस्तान्तरण गर्नुभएको छ ।

उपलब्ध राहत सामग्रीमा टेन्ट, प्लास्टिक सिट, स्लीपिङ म्याट र औषधिहरू रहेका बताइएको छ ।

बाढी र पहिरोका कारण जनजीवनमा पुगेको क्षतिलाई दृष्टिगत गर्दै स्थानीय सरकारसँगको समन्वयमा नेपाल-भारत महिला मैत्री समाज र प्राज्ञिक विद्यार्थी परिषदमार्फत सो राहत सामाग्री चार प्रदेशका पर्सा, बारा, रौतहट, सर्लाही, धनुषा, महोत्तरी, सिराहा, सप्तरी, रुपन्देही, गोरखा, मनाङ, सिन्धुपाल्चोक, रसुवा, दोलखा र धादिङ जिल्लामा वितरण गरिने जानकारी दिइएको छ ।