शनिबार थप १८५७ जना संक्रमित, २७ संक्रमितको मृत्यु

शनिबार थप १८५७ जना संक्रमित, २७ संक्रमितको मृत्यु



नेपालमा शनिबार १८५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ९४०९ पीसीआर परीक्षण गर्दा १५१६ जनामा र ३७६७ एन्टिजेन परीक्षण गर्दा ३४१ जनामा कोरोना संक्रमण भएको पाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

काठमाडौं उपत्यकामा मात्र पछिल्लो २४ घण्टामा ७१५ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौंमा ४५४, भक्तपुरमा ९२ र ललितपुरमा १६९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर २७ जना संक्रमितको मृत्यु भएको छ भने हालसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १०६९० पुगेको छ ।

शनिबार २२२२ जना कोरोना संक्रमणमुक्त भएका र हाल ३६८६६ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।