माधव नेपाल ‘नेकपा एस’को संसदीय नेता चयन

माधव नेपाल ‘नेकपा एस’को संसदीय नेता चयन



नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टीको संसदीय दलको नेतामा माधव नेपाल चयन भएका छन् ।

आइतबार सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा पहिलो पटक बसेको सो पार्टीको संसदीय दलको बैठकले नेता नेपाललाई दलको नेता चयन गरेको हो । बैठकले राष्ट्रिय सभा संसदीय दलको नेतामा बेदुराम भुसाललाई छनोट गरेको छ ।