माधवले झेल गरेपछि प्रदीप नेपालले छोडे साथ

माधवले झेल गरेपछि प्रदीप नेपालले छोडे साथ



माधव नेपालको पार्टीबाट मन्त्री बन्नेहरुको नामबारे वरिष्ठ नेताको दर्जामा रहनेहरुको टुंगो लागिसकेको छ । झलनाथ खनाल, मुकुन्द न्यौपाने र वेदुराम भुसाललाई पार्टीको वरिष्ठ नेताको दर्जा दिँदा माधव नेपालले अप्ठ्यारो बेला आफूलाई साथ दिने पुराना नेता प्रदीप नेपाललाई सम्झिएनन् । सायद यसैको प्रभाव हुनुपर्छ, प्रदीप नेपालले माधव नेपालप्रति चर्को असन्तुष्टि व्यक्त गरेका छन् ।

फेसबुकमा एक स्टाटस लेख्दै प्रदीप नेपालले माधव नेपालले आफूमाथि झेली ब्यवहार गरेको आरोप लगाएका छन् । अस्वस्थताका कारण पार्टीमा पछिल्लो समय निस्क्रिय अवस्थामा रहे पनि माधव नेपाललाई नयाँ पार्टी गठन गर्न अप्ठ्यारो परेको बेला उनलाई सघाउन प्रदीप नेपालले सघाएका थिए । नेकपा (एकीकृत समाजवादी)को सनाखतका लागि नेपाल निर्वाचन आयोग पुगेका थिए ।

माधवले आफूमाथि कसरी झेल गरे भन्नै स्पष्ट पार्दै प्रदीप नेपालले लेखेका छन्- ‘माधव कमरेड, म केपीसँग जान्न । किनभने तानाशाही प्रवृत्तिको म सधैं विरोधी हुँ। तपाईंले पनि झेली कुरा गर्न सिक्नुभएछ । बारम्बारको कुराकानीमा मैले जबज हुँदैन भने मेरो नाम नलेख्नुस् भनेको थिएँ । तर आखिरमा तपाईंबाट पनि मैले धोकाकै उपहार लिएर जानुपर्ने भो । विदा !’