एलजीले EISA अवार्डस्मा आफ्नो सफलताको प्रभावशाली कीर्तिमान थपेको छ । यसका पाँच घरेलु मनोरन्जनका आविष्कारहरू पुरस्कार सीजनमा प्रशंसा कमाइरहेका छन् ।
EISA (Expert Imaging and Sound Association), संसारको सबैभन्दा ठूलो उपभोक्ता इलेक्ट्रोनिक्स सम्पादकीय संगठनद्धारा वार्षिक रुपमा आयोजित भ्क्ष्क्ब् अवार्डस्ले निम्न उत्कृष्ट एलजी उत्पादनहरुलाई उनीहरुको उत्कृष्ट प्रदर्शन र उत्कृष्ट डिजाइनका लागि सम्मानित गऱ्यो ।
- LG OLED TVs (models OLED65G1, OLED48C1)
- LG QNED Mini LED TV (model 75QNED99)
- LG Eclair Soundbar (model QP5)
एलजीको ६५ ‘ G1 OLED TV लाई EISA ले सर्वश्रेष्ठ प्रीमियम OLED TV २०२१–२०२२ नाम दिएको छ, एलजी इीभ्म् टिभीको लागि यो लगातार १०औँ वर्षको प्रशंसाको प्रतीक हो । एलजीको ४८’ C1 OLED TV ले EISA कै पहिलो सबैभन्दा राम्रो गेमिङ टिभी अवार्ड जित्यो । यस वर्षको EISA 8K टिभी सम्मान LG QNED Mini LED टिभीले प्राप्त गऱ्यो, जसले अधिक विवरण र अधिक सटिक रंगहरू प्रदान गर्दछ ।
साउन्डबार श्रेणीमा, LG Eclair ले LG परिवारका लागि EISA Soundbar Innovation जित्यो । LGको लागि पहिलो EISA In-Ear Headphones को कोटिमा LG Tone free earbuds ले उत्कृष्ट ध्वनिको लागी एक जीत कमायो जसका उन्नत सुविधाहरु अन्य कुनै TWS उत्पादनमा पाइएको छैन ।
प्रतिक्रिया