आइसीसी महिला संयोजकमा उमा कार्की थापाको दाबेदारी

आइसीसी महिला संयोजकमा उमा कार्की थापाको दाबेदारी


  • राजन घिमिरे

‘जीवनमा सबैभन्दा ठूलो कुरा कर्मप्रतिको लगाव र निरन्तरता नै हो रहेछ । कुनै विधा वा क्षेत्रमा केही गर्छु भनेर लाग्नुस् त्यसमा समय कहिले बाधा बन्दैन । समयलाई कारण बनाएर जीवनमा उत्साही हुन छाड्ने हो भने कहिले गन्तब्य समात्ने ? कहिले लक्ष्य चुम्ने ?’

उपरोक्त कुरा राम्ररी बुझेकी छन् उमा कार्की थापाले । त्यसैले त आज उनी अमेरिका मात्र होइन, प्रवासमा रहनुहुने समस्त गैरआवासीय नेपालीहरू माझ उत्साही, एवम् निःस्वार्थी समाजसेवीको रूपमा चिनिन्छिन् र, सोहीअनुसार स्थापित छिन् । कर्मथलो अमेरिका भएता पनि उमाले नेपाल, नेपालमा रहनुहुने नेपाली, अमेरिकामा रहनुहुने नेपाली र अन्य मूलुकमा रहनुहुने प्रवासी नेपालीहरू माझ आफ्नो बलियो उपस्थिति जनाउँदै सकारात्मक छाप छोड्न सफल भएकी छिन् ।

यिनै परिचय र सबैको साथ अनि उत्प्रेरणा पाएर नै उमाले गैरआवासीय नेपाली संघको २०२१–२०२३ को लागि आइसीसी महिला संयोजक पदमा उम्मेदवारी दिने निर्णय गरेकी हुन् । ‘म एक्लै त के हो र ? यसमा त मलाई साथ र हात दिनेहरूकै मन बलियो भएका कारण यो उम्मेदवारी दिने निर्णय गरेकी हुँ । उहाँहरुले तिमी अगाडि बढ़ भन्नुभयो, म बढेँ’– उमाको मिजासिलो जवाफ छ ।

समाजसेवा र समाजप्रतिको दायित्वलाई उमाले कहिल्यै पनि भुलिनन् । अमेरिका छिरेदेखि उनले समाजसेवाप्रति देखाएको चासो अनि निभाएको कर्तब्यको प्रवासी नेपालीहरू खुलेर तारिफ गर्ने गर्छन् । समाजसेवामूलक सस्थासंगको उनको आवद्धता र सक्रियता हेर्दा एउटा मान्छेले यति धेरै संलग्नतालाई सहजताका साथ निर्बाह गर्न सक्दो रहेछ भन्ने कुराको गतिलो उदाहरण पनि हुन् उमा ।

गणेश तीर्थ फाउण्डेसनकी अध्यक्ष उमा गैरआवासीय नेपाली संघ अमेरिकाको २०१९–२०२१ को क्षेत्रीय महिला संयोजक हुन् । यसैगरी एनआरएनए अमेरिकाको २०१७–२०१९ को उपाध्यक्ष हुन् भने एनआरएनए एनसीसी अमेरिकाको महिला संयोजक पनि भैसकेका छिन ।

एनआरएनएको टाक्सफोर्सको पूर्वसदस्य उमा वेष्ट अमेरिका नेप्लिज एसोसिएसनको संस्थापक अध्यक्ष हुन् । अमेरिका नेपाल एकता समाजकी पूर्वउपाध्यक्ष तथा अध्यक्ष उमा कार्की थापाले यो संस्थालाई चार वर्ष सफलताका साथ चलाएका थिइन् । सन २००८–२०१२ सम्म साउथ एसिएन नेटवर्कसंग आवद्ध रहँदा उनको कार्यशैली र समाससेवाप्रतिको लगावको आज पनि तारिफ हुने गरेको छ । श्री पशुपति फाउण्डेसन अमेरिकाको टिम मेम्बर कार्की लामो समयदेखि संस्थामा रहेर काम गर्दै आएको अनुभवकी धनी हुन् । त्यसैले त गैरआवासीय नेपालीहरू उमाको बारेमा भन्छन्– ‘यस्तो अनुभवी र सबै बुझेकालाई पो चुनावमा जिताउनुपर्छ । गैरआवासीय नेपाली संघमा आएर सिक्नेलाई होइन बरु पहिले नै पोख्त वा निपुण भएकालाई जिताउनु पर्छ । यो मामिलामा आइसीसी महिला संयोजक पदमा उम्मेदवारी दिने उमा कार्की थापा फिट उम्मेदवार हुन र यिनलाई जिताउनु पनि पर्छ ।’