मंगलबार १,६६४ मा सङ्क्रमण, २० जनाको निधन

मंगलबार १,६६४ मा सङ्क्रमण, २० जनाको निधन



कोरोना भाइरसको सङ्क्रमण नेपालमा मंगलबार एकै दिन १,६६४ जनामा सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार विगत २४ घण्टामा १२,२२२ जनामा परीक्षण गर्दा १६६४ जनामा सङ्क्रमण देखिएको हो । नौ हजार ११७ पिसिआर र तीन हजार १०५ एन्टिजेन परीक्षण गरिएको थियो । तीमध्ये पिसिआर परीक्षण गर्दा एक हजार ५२३ र एन्टिजेनबाट १४१ जना सङ्क्रमित भएका मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ५६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंमा ४१३, भक्तपुरमा ६४ र ललितपुरमा ८७ जनामा संक्रमण पुष्टि भएको हो।

बताइएअनुसार नेपालमा हाल ३५,५९१ सक्रिय सङ्क्रमित रहेका छन् भने सङ्क्रमणबाट निको भइ मंगलबार मात्र एक हजार ७८६ जना घर फर्किएका छन् । अहिलेसम्म सात लाख १६,३०६ जना निको भइ घर फर्किएका हुन् । नेपालमा निको हुने दर ९३.९ प्रतिशत रहेको छ ।

यस्तै, सङ्क्रमणबाट विगत २४ घण्टामा २० जनाको ज्यान गएको छ । अहिलेसम्म १०,७५० जनाको सङ्क्रमणबाट ज्यान गएको छ । नेपालमा प्रति दश लाखमा ३६२.३ जनाको सङ्क्रमणका कारणले निधन हुने गरेको छ ।

यतिबेला ६३७ जना सघन उपचारकक्ष, १६४ जना भेन्टिलेटर, ३३,२१४ जना होम आइसोलेशन, २,३७७ जना संस्थागत आइसोलेशन र ३२९ जना क्वारेन्टिनमा रहेका छन् । नेपालमा सङ्क्रमणको दर १९.५ प्रतिशत रहेको छ ।