नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १०,७७०

नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १०,७७०


बुधबार नेपालमा थप २,०५२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । १०,६१२ पीसीआर परीक्षण गर्दा १,६४८ जनामा र ४,३२३ एन्टिजेन परीक्षण गर्दा ४०४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७१९ जनामा संक्रमण पुष्टि भएको छ । काठमाडौंमा ४७१, भक्तपुरमा १४६ र ललितपुरमा १०२ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर २० जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १०,७७० पुगेको छ।