टोकियो-२०२० पाराओलम्पिकमा पलेशाको प्रतिस्पर्धा शुक्रबार

टोकियो-२०२० पाराओलम्पिकमा पलेशाको प्रतिस्पर्धा शुक्रबार


  • जापान प्रतिनिधि

नेपालकी पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले टोकियो-२०२० पाराओलम्पिकमा शुक्रबार प्रतिस्पर्धा गर्दैछिन् । आफ्नो पहिलो चरणको खेलमा पलेशाले बेलायती खेलाडी बेथ मुनरोको सामना गर्ने भएकी छिन् ।

मंगलबार सार्वजनिक भएको ड्र अनुसार पलेशाले के-४४ क्याटगोरीअन्तर्गत महिला ५८ केजीमुनि तौलसमूहमा बेलायती खेलाडी बेथसँग प्रिक्वाटर फाइलनमा खेल्ने पक्का भएको छ । खेल जापानी समयअनुसार सेप्टेम्बर ३ तारिख शुक्रबार बिहान ११ बजेर १५ मिनेटमा हुनेछ ।

पलेशाको तौल समूहमा कूल ११ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । पलेशाले बेलायती खेलाडीलाई हराएमा क्वाटर फाइनलमा टर्कीकी गाम्जे गुर्डलसँग खेल्नेछिन् ।

नेपालबाट पारालिम्पिकमा पलेशाले वाइल्ड कार्डमार्फत स्थान बनाएकी हुन् । एशियन च्याम्पियनसिपमा काश्य विजेता पलेशाले विश्व च्याम्पियनसिपमा पनि सहभागिता जनाइसकेकी छिन् ।

पाराओलम्पिकमा सहभागिता जनाउन एक खेलाडीसहित ६ सदस्यीय नेपाली टोली गत साता जापान आइपुगेको थियो । पाराओलम्पिकमा कविराज नेगी लामा प्रशिक्षक, दीपक विष्ट अफिसियल, सरोज श्रेष्ठ सेफ दि मिसन, डा दीपक श्रेष्ठ फिजियो र विश्वास बस्नेत कोभिड लाइसेन्स अफिसरका रुपमा पाराओलम्पिकमा सहभागी भएका हुन ।