कांग्रेसले समावेशी सिद्धान्त कदमको खिल्ली उडाएको भन्दै असन्तुष्टि प्रकट
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं नेपाल दलित सङ्घका केन्द्रीय अध्यक्ष मीन विश्वकर्माले आफ्ना दुवै ओहदाबाट राजीनामा दिनुभएको छ ।
विश्वकर्माले बुधबार एक विज्ञप्ति जारी गरी पार्टीको १४औँ महाधिवेशनका लागि हुने प्रतिनिधि छनोटदेखि नै दलित प्रतिनिधित्व नहुने गरी निर्वाचन निर्देशिका बनाइएको भन्दै पार्टीको केन्द्रीय सदस्य र दलित सङ्घको अध्यक्ष पदबाट राजीनामा दिएको घोषणा गर्नुभएको हो ।

‘षड्यन्त्रमूलक ढङ्गबाट दलित समुदायलाई अपमान र अन्याय हुने गरी लागू गरिने निर्वाचन निर्देशिका दलित सङ्घका लागि मान्य हुँदैन’, नेता विश्वकर्माले जारी गरेको राजीनामा पत्रमा भनिएको छ ।
सभापति शेरबहादुर देउवाका निकट पात्रका रूपमा चिनिँदै आउनुभएका उहाँले समावेशी पार्टी निर्माणमा लागेको वर्तमान शेरबहादुर देउवा नेतृत्वको कांग्रेसले समावेशी सिद्धान्त कदमको समेत खिल्ली उडाएको भन्दै आफूले नैतिक रुपमा दुवै पदबाट राजीनामा दिएको बताउनुभएको हो ।
प्रतिक्रिया