शुक्रबार १,७५६ मा सङ्क्रमण, कोरोनाका कारण २३ को निधन

शुक्रबार १,७५६ मा सङ्क्रमण, कोरोनाका कारण २३ को निधन



देशभर शुक्रबार एक हजार ७५६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार २४ घण्टामा १४ हजार ३३४ जनामा परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । सक्रिय सङ्क्रमितको सङ्ख्या ३३ हजार ६ पुगेको छ ।

मन्त्रालयका अनुसार शुक्रबार दुई हजार २७४ जना सङ्क्रमणमुक्त भएका छन् भने हालसम्म सात लाख २३ हजार ४५६ जना सङ्क्रमणमुक्त भएका छन् । बिहीबारको तुलनामा निको हुने दर आज पनि बढेको छ । लगातार दुई दिनदेखि सङ्क्रमण मुक्त हुने दर बढेको छ । बुधबार ९४.१ प्रतिशत र बिहीबार ९४.२ प्रतिशत सङ्क्रमण मुक्त हुने दर रहेकामा आज ९४.३ प्रतिशत पुगेको छ ।

यस्तै, सङ्क्रमणबाट विगत २४ घण्टामा २३ जनाको ज्यान गएको छ । हालसम्म १० हजार ८०९ जनाको सङ्क्रमणबाट ज्यान गएको छ । नेपालमा प्रति १० लाखमा ३६४।३ जनाको सङ्क्रमणको कारणले निधन हुने गरेको छ ।

त्यस्तै ५४० सघन उपचारकक्ष (आइसीयू), १५६ भेन्टिलेटर, ३० हजार ६६२ होमआइसोलेशन, दुई हजार ३४४ संस्थागत आइसोलेशन र २७४ जना क्वारेन्टिनमा छन् । नेपालमा सङ्क्रमणको दर १९।५ प्रतिशत छ । पाँच सयभन्दा बढी सङ्क्रमित हुने जिल्ला १९ वटा छन् । शुक्रबार एक लाख ६४ हजार ३०२ जनाले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् ।