नेपाली सेनाको चितवनस्थित महेन्द्र दल गणबाट हतियार (एसएमजी) चोरी गरेको अभियोगमा कैद भुक्तान गरिरहेका नेपाली सेनाका दुई जना जवान लवकुमार गुरुङ (अमल्दार) र सरोज तामाङ (सिपाही) निर्दोष सावित भएर ३० महिनापछि थुनामुक्त भएका छन् । निर्दोष ठहरिएसँगै उनीहरु रिहा भएका सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ ।
निर्दोष ठहरिएसँगै उनीहरूको जागिर पुनर्बहाली भएको छ भने २०७५ चैत १८ गतेबाट लागु हुने गरी उनीहरुको पदोन्नतिचाहिँ तीन वर्षका लागि रोकिने निर्णय सुनाइएको छ । यस आधारमा आगामी चैत महिनासम्म उनीहरुको बढुवा हुने छैन ।
ज्ञातव्य छ, ०७५ पुसमा सैनिक ब्यारेकबाटै एसएमजी चोरी गरेको अभियोगमा उनीहरु पक्राउ परेका थिए भने हालै चितवन भरतपुरमा एक सैनिकको हत्या गरेको मामलामा अर्का सैनिक पक्राउ परेपछि सैनिक जवानद्वय लवकुमार र सरोज निर्दोष रहेको खुलासा भएको थियो ।
प्रतिक्रिया