जिप लाइन पनि आयो सञ्चालनमा
कोरोना भाइरस महामारीका कारण लामो समयदेखि बन्द रहेको चन्द्रागिरिको केवलकार शनिबार (१९ भदौ) देखि सञ्चालनमा आएको छ । गत वैशाख १६ गतेदेखि सरकारले लकडाउन शुरु गरेपछि केवलकार बन्द भएको थियो ।
चन्दागिरि हिल्सका महाप्रबन्धक अभिषेखविक्रम शाहका अनुसार झण्डै पाँच महिनापछि केबलकार सञ्चालनमा आउँदा पहिलो दिन दुई हजार जनाले यात्रा गरेका छन् । स्वास्थ्य मापदण्डको पालना गरेर केवलकार सञ्चालन गरिएको शाहले जानकारी दिए ।
सरकाले तोकेका स्वास्थ्यका मापदण्ड पालना गरेको, ठाउँ-ठाउँमा स्यानेटाइजरको व्यवस्था गरिएको, मास्कविना प्रवेशमा रोक लगाइएको र फराकिलो क्षेत्र भएकाले खास भिडभाड नहुने हुनाले पनि कोरोनाको डर कम रहेको तर्क गर्दै महाप्रबन्धक शाहले सर्वसाधारणका लागि केवलकार सञ्चालन आजदेखि गरे पनि रिसोर्टचाहिँ गत असारबाट नै खुलाइएको बताए ।
यसैगरी आजदेखि चन्द्रागिरिमा जिप लाइन पनि सञ्चालनमा आएको छ । आज त्यहाँ पुगेकामध्ये कतिपयले जिप लाइनको मजा पनि लिएका थिए । काठमाडौं खाल्डोको एक आकर्षक एकीकृत पर्यटकीय क्षेत्रका रुपमा विकास भएको यस चन्द्रागिरि हिल्समा आजदेखि जिप लाइन पनि थपिएको हो ।
तस्बिर रासस
प्रतिक्रिया