एमाले स्थायी कमिटी बैठक अपरान्ह ४ बजे

एमाले स्थायी कमिटी बैठक अपरान्ह ४ बजे


नेकपा (एमाले)ले आज स्थायी कमिटी बैठक बोलाएको छ ।

ललितपुरको तुल्सीलाल स्मृति प्रतिष्ठानमा अपरान्ह ४ बजे बैठक बोलाइएको एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिएका छन् ।

बैठकमा विधान महाधिवेशन (प्रतिनिधि, दस्तावेज र व्यवस्थापनको तयारी) र चालू संसद् अधिवेशनमा पार्टीको भूमिकाबारे छलफल हुने बताइएको छ । आगामी असोज ४ देखि ६ गतेसम्म एमालेको विधान महाधिवेशन काठमाडौँमा गर्ने निर्णय गरिएको छ ।