आईटीएफ एसियामा टेनिस खेल्न नेपाली टोली पाकिस्तानमा

आईटीएफ एसियामा टेनिस खेल्न नेपाली टोली पाकिस्तानमा



आईटीएफ एसिया १२ एन्ड अन्डर टिम कम्पिटिसनमा सहभागि हुन ५ खेलाडीसहित ६ सदस्यीय नेपाली लन टेनिस टोली पाकिस्तानको इस्लामाबाद प्रस्थान गरेको छ ।

सेप्टेम्बर १३ देखि १५ तारिखसम्म हुने प्रतियोगितामा ३ पुरुष र २ महिलागरी ५ खेलाडीले सहभागिता जनाउने छन । प्रतियोगितामा पुरुषतर्फ बोरिस अधिकारी, निशाद जोशी र दर्सिल श्रेष्ठ तथा महिलातर्फ शिभाली गुरुङ र मान्सा कँडेलले प्रतिस्पर्धा गर्नेछन् ।

त्यस्तै प्रशिक्षकमा कृष्णराज घले र अभिभावकहरुमा विमला भण्डारी क्षेत्री, रोविन जोशी, नवीन श्रेष्ठ, सिमान्त गुरुङ र पर्शुराम कँडेल रहेका छन् ।

उक्त प्रतियोगिता नोभेम्बर २२ तारिखदेखि ताजकिस्तानमा हुने एसिया १२ एन्ड अन्डर टिम कम्पिटिसनको फाइनलका दक्षिण एसियाली छनोटका रुपमा रहेको छ । पुरुष÷महिलामा शीर्ष दुई स्थान हात पार्ने राष्ट्रले ताजाकिस्तानको यात्रा सुनिश्चित गर्ने छन् ।

टोलीलाई सफलताको शुभकामना दिँदै नेपाल टेनिस संघकी अध्यक्ष ज्योति राणा र उपाध्यक्ष केशवराज पाण्डेले विदाइ गरेका थिए ।