आजको पञ्चाङ्ग एवम् राशिफल (१ असोज २०७८ शुक्रबार, १७ सेप्टेम्बर २०२१)

आजको पञ्चाङ्ग एवम् राशिफल (१ असोज २०७८ शुक्रबार, १७ सेप्टेम्बर २०२१)



■ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४३ नेपाल सं. ११४१ शरद ऋतु वि.सं. २०७८ आश्विन १ गते शुक्रबार तद्अनुसार सन् २०२१ सेप्टेम्बर १७ तारिख भाद्र शुक्लपक्ष एकादशी तिथि ८ः२९ पर द्वादशी तिथि श्रवण नक्षत्र अतिगण्ड योग बब करण आनन्दादिमा काल योग चन्द्रमा मकर राशिमा भ्रमणशील रहला । काठमाडौंमा सूर्योदय बिहान ५ः५० मा भयो र सूर्यास्त साँझ १८ः४ मा हुनेछ । हरिपरिवर्तनी एकादशी, आश्विन संक्रान्ति, वामनद्वादशी, दहिदान, विश्वकर्मा पूजा, वास्तुदिवस ।

आजको राशिफल

मेष – समय अनुकूल हुनाले नियमित कर्ममा प्रवृत्ति बढ्नेछ । जीवनमा सुख शान्ति बढ्नेछ । सार्वजनिक कार्यमा सफलता प्राप्त हुनेछ । इष्टमित्र तथा सन्तानादिको सहयोग प्राप्त हुनेछ । व्यापारमा सफलता हासिल हुनेछ । आर्थिक कर्ममा प्रवृत्त रहनुहुनेछ । रोकिएको काम बन्नुका साथै विविध कार्यक्रममा सहभागी हुनुहुनेछ । आँट साहस उत्साह थपिनेछ । बोलीको प्रभाव वृद्धि होला ।

बृष – धन-मान बढ्नेछ । बौद्धिक र रचनात्मक काम बन्नुका साथै सुख शान्ति समृद्धि पनि प्राप्त हुनेछ । ऋण रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । शुभ काममा सफलता प्राप्त होला । मिठो भोजन खान पाउनुहुनेछ । विजय प्राप्त हुनेछ ।

मिथुन – व्यस्तता बढ्नेछ । विलासपूर्ण कार्यमा आकर्षण बढ्नेछ । जोखिममा नपर्नुहोला । मिस्टान्न भोजन प्राप्त होला । कार्यसिद्धिको योग छ । खेलकुद तथा भ्रमणमा आकर्षण बढ्नेछ ।

कर्कट – ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ । मान महत्वमा कमी आउनेछैन । वार्तामा सफलता प्राप्त हुनेछ । पारिवारिक वातावरण अनुकूल रहनेछ । सुख र सफलता मिल्नेछ । समस्याको समाधान मिल्नेछ । अरुको भरमा नबसी आफ्नै बल र विवेकले काम गर्नु हितकर रहला ।

सिंह – आफ्नो परिश्रमले अरुलाई लाभ मिल्न सक्छ, तर आत्मसन्तुष्टि रहनेछ । मिठो भोजन प्राप्त होला । प्रेममा सफलता हासिल हुनेछ । इष्टमित्रको साथ प्राप्त हुनेछ । सन्तानसुख बढ्नेछ । खर्चमा कमी आउनेछ । नयाँ सम्भावना देखापर्ने छ । आशा उत्साह थपिनेछ । समस्याको समाधान मिल्नेछ । बौद्धिक र रचनात्मक काम बन्नेछ ।

कन्या – मिहीनेतले सफलता प्राप्त हुनेछ । वार्तामा सफलता मिल्नेछ । शुभ र भाग्यवर्द्धक काममा प्रवृत्त रहनु हितकर होला । रसरागमा रुचि बढ्ला । यात्रा हुनेछ । मान मिल्नेछ । दौडधुप बढ्ला । ख्याति फैलिनेछ ।

तुला – उत्साह बढ्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ । आफन्तको साथ प्राप्त हुनेछ । भोगविलासमा आकर्षण बढ्नेछ । भागदौड लागि रहला । शारीरिक र आर्थिक काममा प्रगति होला । प्रेममा सफलता प्राप्त होला । सन्ततिसुख बढ्नेछ ।

वृश्चिक – मान बढ्नेछ । मित्र तथा आफन्तको साथ मिल्नेछ । ऐश्वर्य अभिवृद्धि हुनेछ । बोली र व्यक्तित्वको प्रभाव रहला । गीतसंगीतमा आकर्षण बढ्नेछ । आरोग्यता बढ्ला । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । खेलकुद भ्रमणमा आकर्षण बढ्नेछ । मिठो भोजन खान पाउनुहुनेछ । रसरागमा आकर्षण बढ्ला । समस्याको समाधान मिल्नेछ । दूरदेशबाट शुभ समाचार सुन्नुहुनेछ ।

धनु – मिठो भोजन प्राप्त हुनेछ । आरोग्यता बढ्ला । शत्रुलाई जित्ने क्षमता बढ्नेछ । आर्थिक उन्नति हुनेछ । आफन्तको सहयोग समर्थन मिल्नेछ । वार्तामा सफलता मिल्नेछ । मानपदवी मिल्नेछ । आयस्रोत बढ्ला । लगानी उठ्नेछ । सुख सम्पति बढ्नेछ ।

मकर – यात्रमा सफलता मिल्नेछ । शुभ र भाग्यवर्द्धक काममा सफलता मिल्नेछ । सुख समृद्धि बढ्ला । मित्रजनको सहयोग मिल्नेछ । सन्तानसुख बढ्ला । मिठो भोजन मिल्नेछ । शुभ काम बन्नेछ । उन्नति पदोन्नति हुनेछ । मान महत्व बढ्ला ।

कुम्भ – काममा सफलता मिल्नेछ । समस्याको समाधान मिल्नेछ । यात्रा होला । खेलकुद भ्रमणमा रुचि बढ्ला । मिठो भोजन मिल्नेछ । रसरागमा आकर्षण बढ्ला । सुख शान्ति समृद्धि बढ्नेछ । शुभ र भाग्यवर्द्धक काम बन्नेछ ।

मीन – स्वास्थ्यप्रति सजग रहनुपर्नेछ । खर्च बढ्नेछ । यात्रापरक काममा सफलता मिल्नेछ । ऋण रोग र शत्रुलाई जित्ने क्षमता बनिरहला । मिठो भोजन मिल्नेछ । रोकिएको काम बन्ला । मनोकुलको काम बनेर मन प्रशन्न हुनेछ । रसरागमा आकर्षण बढ्नेछ । सुखको बस्तुमा खर्च बढ्ला । आफन्तको सहयोग प्राप्त होला । जीवनसाथीको साथ प्राप्त होला ।