आजको पञ्चाङ्ग एवम् राशिफल (२ असोज २०७८ शनिबार, १८ सेप्टेम्बर २०२१)

आजको पञ्चाङ्ग एवम् राशिफल (२ असोज २०७८ शनिबार, १८ सेप्टेम्बर २०२१)



■ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४३ शरद ऋतु राक्षसनामक संवत्सर नेपाल सं. ११४१ वि.सं. २०७८ आश्विन २ गते शनिबार तद्अनुसार सन् २०२१ सेप्टेम्बर १८ तारिख भाद्रशक्लपक्ष द्वादशी तिथि ६ः५७ पर त्रयोदशी तिथि धनिष्ठा नक्षत्र सुकर्म योग कौलव करण आनन्दादिमा प्रवर्द्ध योग चन्द्रमा १६ः३० बजेसम्म मकर राशिमा त्यसपछि कुम्भ राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः५१ मा भयो र सूर्यास्त साँझ १८ः३ मा हुनेछ । शनिप्रदोषब्रत इन्द्र ध्वजोत्थान ।

आजको राशिफल

मेष – विवाद बढ्न सक्छ । विश्वास गरेको व्यक्तिबाटै धोका हुन सक्ने भएकोले विचार पुर्‍याएर काम गर्नुहोला । फजुल खर्च बढ्न सक्छ ।बोली र व्यक्तित्वको प्रभाव भने बढ्नेछ । आरोग्यता बढ्ला । बौद्धिक र रचनात्मक क्षेत्रसित सम्बन्धित कार्यमा पनि सफलता प्राप्त गर्नुहुनेछ ।

वृष – योजना र बजेट बनाई काम गर्नु उचित होला । अरुको भरमा बस्नु र विवादमा पर्नु उचित हुने छैन तथापि आफन्तको सहयोग मिल्नेछ । बौद्धिक काममा सफलता मिल्नेछ । ऋण रोग र शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ । यात्राको सम्भावना छ ।

मिथुन – जोखिममा नपर्दा बेस होला । खर्च हुनेछ । रसरागमा आकर्षण बढ्नेछ । धैर्य र विवेकले काम गर्नु बेस होला । स्वास्थ्य र नियमकानुनलाई ध्यानमा राख्नुपर्ला । लापर्वाही नगरी काम गर्नु उचित होला ।

कर्कट – अन्नधन बढ्नेछ । सुख समृद्धि वृद्धि हुनेछ । हांसविलासमा रुचि बढ्ला । खेलकुद र भ्रमणमा आकर्षण बढ्ला । मिठो भोजन मिल्नेछ । कार्यगति बढ्ला ।

सिंह – ग्रहगोचर लाभदायक र उन्नतिकारक रहला । मिठो भोजन खान पाउनुहुनेछ । सुख आरोग्यता बढ्ला । शौभाग्य बढ्ला । उधारो लगानी लगाइएको धन उठ्ला । रोकिएको काम बन्नेछ । आफन्तको सहयोग समर्थन मिल्नेछ । यात्रामा सफलता प्राप्त होला । सुखसुविधासित सम्बन्धित काममा सफलता मिल्नेछ । घरपरिवारसित सम्बन्धित शुभ समाचार मिल्नेछ ।

कन्या – आर्थिक कार्यमा सफलता मिल्नेछ । आयस्रोत बढ्ला । रोकिएको काम बन्नुसंगै रोकिएको धन उठ्नेछ । बौद्धिक र रचनात्मक कार्यमा सफलता मिल्नेछ । प्रेमपात्रसित भेटघाट होला । खेलकूद भ्रमणमा आकर्षण बढ्ला । चलिरहेको र साहसिकता आदिसित सम्बन्धित कार्यमा सफलता मिल्नेछ । कला, साहित्य, गीतसंगीत आदि कार्यमा पनि सफलता मिल्नेछ ।

तुला – दौडधुप रहला । यात्रा होला । कार्यमा सफलता भैरहनेछ । समस्याको समाधान मिल्नेछ । प्रेममा सफलता प्राप्त होला । सन्तानको साथ मिल्नेछ । भाग्यवर्द्धक काम बन्नेछ । सुख समृद्धि धन यश मान पद प्रतिष्ठा बढ्नेछ । तथापि अरुको भरमा नबसी आफ्नै बलविवेकले काम गर्नु उचित होला । मिठो भोजन मिल्नेछ । साझेदारीको काम बन्नेछ ।

वृश्चिक – मिठो भोजन मिल्नेछ । रसरागमा आकर्षण बढ्ला । यात्रापरक कार्य बन्ला, तर अरुमाथि भर पर्नु उचित हुनेछैन । जोखिममा नपर्नु उचित होला ।

धनु – साहसिक काम बन्नेछ । आशा उत्साह बढ्ला । लेखन प्रकाशन, कला, साहित्य, लेखन आदिसित सम्बन्धित कार्यमा सफल हुनुहुनेछ । खेलकुद भ्रमणमा आकर्षण बढ्ला । ऐश्वर्य बृद्धि होला । भाग्यवर्द्धक र मानमा वृद्धिदायक काम बन्नेछ । साथीभाइको साथ मिल्नेछ । ऐश्वर्य बढ्ला । पराक्रम वृद्धि होला । आयातनिर्यातसित सम्बन्धित काम बन्ला । वार्तामा सफलता मिल्ला । पारिवारिक स्थितिमा सुधार हुनेछ । भोजभतेरमा भाग लिनुहुनेछ ।

मकर – भाग्य वृद्धि होला । आरोग्यता बढ्ला । धन समृद्धिमा बृद्धि होला । शत्रुलाई जित्ने क्षमता बढ्नेछ । सुख शान्ति मिल्नेछ । मिठो भोजन मिल्नेछ । विलासमा रुचि बढ्ला । मनोकूलको काम बन्नेछ । सभासमारोहमा मान पुरस्कार मिल्नेछ । वार्तामा सफलता प्राप्त होला ।

कुम्भ – खेलकूद भ्रमण कार्यमा आकर्षण बढ्नेछ । धनसम्पत्ति बढ्नेछ । आयस्रोत बढ्ला । समस्याको समाधान मिल्नेछ । भोगविलासप्रति रुचि बढ्ला । प्रेममा सफलता मिल्नेछ । सन्ततिसुख बढ्नेछ । मित्रमिलन हुनेछ ।

मीन – खेलकुद भ्रमणमा रुचि बढ्ला । वार्तामा सफलता पाउनुहुनेछ । रसरागमा रुचि रहला । धन सम्पत्ति बढ्नेछ । सुख शान्ति बढ्नेछ । उन्नति हुनेछ । राजकाज बन्नेछ ।