ब्राजिलका पूर्व पुटबल खेलाडी उड्सन आरान्तेस दो नासिमेन्तो (पेले)को स्वास्थ्यमा सुधार आएको उनकी छोरी केलीले शनिबार जानकारी गराएकी छन् ।
अन्तर्राष्ट्रिय ओलम्पिक समितिद्वारा शताब्दी-खेलाडीको उपाधिद्वारा सम्मानित ८० वर्षीय पेलेको ठूलो आन्द्राभित्रबाट ट्युमर हटाउन शल्यक्रिया गरिएपछि उनलाई फेरि सघन उपचार कक्षमा भर्ना गरिएको रिपोर्टहरूसँगै चलेका विभिन्न अफवाहलाई सम्बोधन गर्न छोरी केलीले अस्पतालको ओछ्यानमा बसिरहेका आफ्नो बुबाको फोटो सामाजिक सञ्जालमा पोस्ट गरेकी हुन् ।
नासिमेन्तोले लेखेकी छन्, ‘मलाई थाहा छैन कि यहाँ के हल्ला चलिरहेको छ तर मेरा सपनाहरू फस्टाइरहेका छन् ।’
‘आजभोलि संसारमा धेरै चिन्ता छाएको छ र हामी अझ बढी चिन्ताको कारण बन्न चाहँदैनौँ । यो फोटो अहिले नै खिचिएको हो ।’
‘उहाँ निको हुँदैहुनुहुन्छ । उहाँलाई चिकित्सकको निगरानीमा राखिएको छ ।’
नियमित परीक्षणको दौडान ट्युमर फेला परेपछि पेलेको सेप्टेम्बर ४ मा साओ पाउलोको अल्बर्ट आइन्स्टाइन अस्पतालमा शल्यक्रिया गरिएको थियो ।
उनलाई मंगलबारको सघन उपचार कक्षबाट सामान्य शैय्यामा सारिएको सिन्ह्वाले जनाएको छ । तीन पटकको विश्वकप विजेता पेलेले कम्मरको शल्यक्रियाका साथै मिर्गौला र प्रोस्टेटको अवस्थासम्बन्धी एकपछि अर्को स्वास्थ्य समस्याहरूसँग सङ्घर्ष गर्दै आएका छन् ।
प्रतिक्रिया