अष्ट्रियाबाट चयन भएका केन्द्रिय प्रतिनिधिबारे विवाद उठाइएपछि…

अष्ट्रियाबाट चयन भएका केन्द्रिय प्रतिनिधिबारे विवाद उठाइएपछि…



डेलिगेट्स चयनबारे गरिएको प्रचारबाजीको गैरआवासीय नेपाली संघ (एनसिसी)का निवर्तमान अध्यक्ष विनोद चौलागाईंद्वारा खण्डन

अष्ट्रियाबाट डेलिगेट्स चयनमा निष्पक्षता नभएको भनी गैरआवासीय नेपाली संघका २०२१-२०२३ का अध्यक्ष प्रत्यासी कुल आचार्य समुहबाट बारम्बार जनमानसमा भ्रम छर्ने कार्य भएको भनी एनआरएनए (एनसीसी) अष्ट्रियाका निवर्तमान अध्यक्ष (२०१९-२०२१) विनोद चौलागाईंले सम्बन्धित सबैको ध्यानाकर्षण गराएका छन् ।

सामाजिक संजालका साथै विभिन्न मिडियामार्फत् भ्रामक कुराहरू सो समूहले गर्दै आएकोमा पछिल्लोपटक डिसी नेपालसँगको कुराकानीमार्फत् बेल्जियम निवासी जानकी गुरुङले अष्ट्रियाको विषयलाई उठाएपछि आफू एक जिम्मेवार एनआरएन अभियन्ता हुनुको कारणले यसबारे केही प्रष्ट्याउनैपर्ने भएको धारणा चौलागाईंले सार्वजनिक गरेका हुन् । ‘कुल आचार्य समूहबाट प्रचार गरिएका हरेक भ्रमपूर्ण विषयहरूलाई खारेज गर्दै’ विषयगत प्रष्टता तमाम एनआरएन सदस्यसमक्ष राख्न चाहन्छु’ भन्दै एनआरएनए (एनसीसी) अष्ट्रियाका निवर्तमान अध्यक्ष चौलागाईंले विज्ञप्ति सार्वजनिक गरेका छन् ।

ध्यानाकर्षण विज्ञप्तिमा चौलागाईंले भनेका छन्- ‘गैरआवासीय नेपाली संघ अष्ट्रियाले विधानसम्मत तवरले निर्वाचन समिति गठन गरेपश्चात मैले मेरो सम्पूर्ण विषयहरूलाई निर्वाचन समितिको सहमति र राय लिएर काम गरिरहेको थिएँ । एनसीसी अष्ट्रियाको तत्कालिन महासचिवसमेत रहेकी भवानी तिवारीले आफूलाई एनसीसीको अध्यक्षमा दाबेदारी गर्दैगर्दा उहाले केन्द्रको डेलिगेट्स नियमावली÷विधानअनुरुप आफूलाई डेलिगेट्समा पार्नका लागि (जानका लागि) कतै निवेदन दिएको÷नपाएको कारण साथै पूर्वअध्यक्ष समेत रहेका जीवन कँुवरजीले पनि आफूलाई डेलिगेट्समा जान इच्छुक छु भनेर निर्वाचन समिति तथा मेरो तत्कालिन कार्यसमितिमा कुनै पनि निवेदन नदिनुभएको कारण उहाँहरूको सहमतिविना जबर्जस्ती उहाँहरूको नाम राख्न नैतिकता र विधानले पनि नदिने भएको कारण मेरो नेतृत्वको कार्यसमिति साथै तत्कालिन निर्वाचन समितिले ६५ प्रतिशतभित्र पार्न नसकेको ब्यहोरा सबैको जानकारीको लागि प्रस्ट पार्दछु । साथै उहाँहरूले २५ प्रतिशतमा जानका लागि कुनै उम्मेदवारी नदिनुभएको कारण जस-जसले हामीसमक्ष निवेदन दिए तिनै व्यक्तिहरूलाई क्रमगत रूपमा (निर्वाचन समितिको प्रत्येक्ष निगरानीमा) केन्द्रमा सिफारिश गरिएको व्यहोरा जानाकारी गराउँदछु ।’

‘यहाँ मैले अझै जानकारी गराउनु पर्ने विषय भनेको, विधानतः नवनिर्वाचित कार्यसमितिले विधानको भावानाअनुरुप संघलाई योगदान पु¥याएका गैरआवासीय नेपालीहरूमध्येबाट १० प्रतिशत डेलिगेट्स सिफारिश गर्ने अवस्था हुँदाहुँदै आफ्नो नाम त्यहाँ सिफारिस नगरी आफ्ना मान्छेको नाम मात्र सिफारिस गरेको र एक जना पदाधिकारी ६५ प्रतिशतभित्र हुँदाहुँदै उहाँलाई १० प्रतिशतको सिफारिसमा दोहोराएको देखिन्छ । तसर्थ उहाँहरूले योजनावद्ध रुपमा गैरआवासीय नेपाली संघ अष्ट्रियालाई विवादमा ल्याउनकै लागि यी हथकण्डा गरेको प्रस्ट देखिन्छ, यस्ता फर्जी मुद्दा बोकी परराष्ट्र जानु समग्र गैरआवासीय अभियानलाई नियतवश विषाक्त बनाउने योजना हो । यी गलत अभ्यासको म खुलेर भत्सर्ना गर्दछु । साथै डेलिगेट्स चयनमा अष्ट्रियामा कुनै पनि विवाद नभएको जानकारी गराउन चाहन्छु ।’

विज्ञप्तिमा अगाडि भनिएको छ- ‘हारको मानसिकता लिएर आफ्नो टिम निर्माण गर्न नसकी, छटपटाइरहेका व्यक्तिहरूले जति ‘झुटा हल्ला’ गरेता पनि सम्पूर्ण न्यायप्रेमी गैरआवासीय नेपाली संघसँग जोडिएका यस्ता कपोकल्पित विषयहरूमा प्रस्ट हुनुहुन्छ भन्नेमा म विश्वस्त छु । साथै, कसैले मलाई ६५ प्रतिशत डेलिगेट्सका विषयमा माथि नाम लिएर अष्ट्रियालाई विवादको घेरामा पारिरहन चाहनेहरूले ‘दिइएको समयभित्र पठाएको इमेल’ (आवेदन) सार्वजनिक गर्न सक्छन् भने मैले सार्वजनिक माफी माग्दै स्वयमको नाम डेलिगेट्स सूचीबाट फिर्ता लिने जानकारी गराउँदछु ।’

आफ्नो कार्यसमितिले सबै काम विधि र विधानअन्तर्गत रहेर गरेको दाबी गर्दै चौलागाईंले आफूले अष्ट्रियामा न्यायपूर्ण रुपमा सम्पादन गरेका विषयलाई आगामी दिनमा गैरआवासीय नेपालीबीच अतिरञ्जित तवरले भ्रमको खेती नगर्नका लागि सम्बन्धित सबैसँग आग्रह गरेका छन् ।