आजको पञ्चाङ्ग एवम् राशिफल (४ असोज २०७८ सोमबार, २० सेप्टेम्बर २०२१)

आजको पञ्चाङ्ग एवम् राशिफल (४ असोज २०७८ सोमबार, २० सेप्टेम्बर २०२१)



■ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४३ शरद ऋतु राक्षसनामक संवत्सर नेपाल सं. ११४१ वि.सं. २०७८ आश्विन ४ गते सोमबार तद्अनुसार सन् २०२१ सेप्टेम्बर २० तारिख भाद्र शुक्लपक्ष पूर्णिमा तिथि पूर्वाभाद्रपद नक्षत्र शूल योग भद्रा करण आनन्दादिमा मुशल योग चन्द्रमा कुम्भ राशिमा भ्रमणशील रहला । काठमाडौंमा सूर्योदय बिहान ५ः५१ मा भयो र सूर्यास्त साँझ १८ः१ मा हुनेछ । पूर्णिमा व्रत, इन्द्र दह स्नान, चोनामपर्व ।

आजको राशिफल

मेष – आम्दानी र खर्चको सन्तुलन नमिलेर खर्च बढेको अनुभूति होला । तथापि, ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । भ्रमणमा रुचि रहला । व्यस्तता पनि बढ्नेछ । हांसविलासमा आकर्षण बढ्नेछ ।

बृष – दिन शुभ र सफलतादायक रहला । उच्चाधिकारीको सहयोग प्राप्त हुनेछ । दाम्पत्यसुख प्राप्त हुनेछ । नयाँ सम्भावना देखापर्ने छ । आशा उत्साह थपिनेछ । सफलता प्राप्त हुनेछ । इष्टमित्रको साथ प्राप्त हुनेछ । सन्तानसुख मिल्नेछ । उन्नति पदोन्नति हुनेछ । आयस्रोत बढ्ला । आरोग्यता बढ्ला । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । साहस सम्बन्धित काम बन्नेछ । सुख सम्पति वृद्धि होला । रसरागमा आकर्षित हुनुहुनेछ । मान पुरस्कारको प्राप्ति हुनेछ । भोजभतेरमा भाग लिनुहुनेछ ।

मिथुन – यात्रा होला । अन्न धन बढ्नेछ । दूरदेशबाट शुभ समाचार सुन्नुहुनेछ । परिश्रममा वृद्धि होला । यात्रामा सफलता मिल्नेछ । विकासको नयाँ सम्भावना देखापर्ला । ऐश्वर्य बढ्नेछ । रोकिएको धन मिल्नेछ । कार्यमा सफलता पाउनुहुनेछ । आरोग्यता बढ्ला । आफन्तको सहयोग मिल्नेछ । विजयश्री प्राप्त होला ।

कर्कट – समय शुभ र सफलतादायक रहनेछ । आरोग्य वृद्धि हुनेछ । मिठो भोजन प्राप्त हुनेछ । सुखसमृद्धि हासिल हुनेछ । बौद्धिक र रचनात्मक काम बन्नुका साथै रोकिएका काम बन्नेछन् । इष्टमित्रको साथ प्राप्त हुनेछ । सन्तानसुख पाइनेछ । मान महत्व बढ्नेछ । धर्मकर्ममा रुचि बढ्ला । भागदौड चलिरहनेछ । समस्याको समाधान प्राप्त होला । विवादमा नपर्नुहोला । आफ्नै बलविवेकले काम गर्नु हितकर होला ।

सिंह – आफन्तको सहयोग प्राप्त हुनेछ । भागदौड व्यस्तता बढ्नेछ । रसरागमा आकर्षण बढ्नेछ । वार्तामा सफलता प्राप्त हुनेछ । धन मान महत्व बढ्नेछन् । ऋण रोग र शत्रुप्रति जित होला । अस्तव्यस्तता कम हुनेछ । काममा विजय प्राप्त होला । देखिएको समस्या समाधान हुनेछ ।

कन्या – सफलताका लागि संघर्ष गर्नुपर्ला । रोकिएको धन प्राप्त हुनेछ । यात्रामा सफलता प्राप्त हुनेछ । मित्रजनको सहयोग मिल्नेछ । सबै प्रकारले अनुकूलता वृद्धि हुनेछ । नयाँ सम्भावना देखापर्नेछ । आशा उत्साह बढ्ला ।

तुला – अरुको भर नपरी आफ्नै बलविवेकले कार्य गर्नु उचित रहनेछ । आर्थिक प्रगति होला र मनमा सन्तुष्टि पनि मिल्नेछ । मान–सम्मानमा निरन्तर वृद्धि भइरहनेछ । मिठो भोजन खान पाउनुहुनेछ । ऋण रोग र शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ । भोगविलासमा आकर्षण बढ्नेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ ।

वृश्चिक – समय अनुकूल तथा फलदायक रहला । प्रेममा सफलता मिल्नेछ । मित्रसुख बढ्नेछ । विवादमा नपर्नुहोला । आरोग्यता बढ्ला । जीवनसाथीको सहयोग मिल्नेछ । आफन्तको सहयोग प्राप्त होला । आर्थिकपक्ष पनि बलियो बन्नेछ । लगानी वृद्धि हुनेछ । मिठो भोजन खान पाउनुहुनेछ । उन्नति हुनेछ । भोगविलासमा आकर्षण बढ्नेछ ।

धनु – धनको आवागमन भैरहनेछ । भागदौड वृद्धि हुनेछ । रोकिएको काम बन्नुको साथै लगानी उठाउन चाहेमा सफल रहनुहुनेछ । दैनिक काममा सफलता मिल्नेछ । इष्टमित्रको सहयोग समर्थन मिल्नेछ । सुख समृद्धि बढ्नेछ । विवादमा नपर्नु बेस होला । मिहीनेतयुक्त काममा रूचि वृद्धि होला । अरुको भर नपर्नु नै हितकर रहला ।

मकर – आशा उत्साह बढ्ला । यात्रा होला । रसराग प्रेममा सफलता मिल्नेछ । आफन्तको साथ मिल्नेछ । कार्यमा सफलता मिल्नेछ । उन्नति पदोन्नति हुनेछ । यश वर्चश्व बढ्ला । विजयश्री मिल्नेछ । आयस्रोत बढ्ला । अरुको भर नपरी आफ्नै बलविवेकले कार्य गर्नु हितकर रहनेछ । लगानी उठ्नेछ ।

कुम्भ – प्रयासरत काम बन्नेछ । देखापरेको समस्याको समाधान मिल्नेछ । मान प्रशंसा बढ्नेछ । शुभ समाचार प्राप्त होला । विकासको नयाँ सम्भावना देखापर्नेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्ला । आरोग्यता वृद्धि होला । यात्रापरक काममा सफलता प्राप्त हुनेछ । वार्तामा सफलता मिल्नेछ । व्यस्त रहनुहुनेछ ।

मीन – आरोग्यता बढ्ला । सुखशान्ति बढ्नेछ । मनोकूलको काम बनेर मन प्रशन्न भैहाल्नेछ । शुभ काममा भाग लिनुहुनेछ । यश वर्चश्व बढ्ला । धन यश मान पद प्रतिष्ठा बढ्ला । शुभ काम बन्नेछ । गौरव बढ्ला । सुख शान्तिमा बढोत्तरी होला । रसराग, खेलकूद तथा भ्रमणमा आकर्षण बढ्नेछ । सुखको वस्तुको लागि धन खर्च गर्नुहुनेछ । आँट पराक्रम बढ्नेछ । ऐश्वर्य वृद्धि हुनेछ ।