अफगानिस्तानमा अनमिन मिसनको म्याद ६ महिना थप गरिने

अफगानिस्तानमा अनमिन मिसनको म्याद ६ महिना थप गरिने



संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले अफगानिस्तानमा रहेको सहायता मिसन अनमिनलाई ६ महिना थप गर्ने निर्णय गरेको छ ।

गत महिना तालिवानीले अफगानिस्तान नियन्त्रणमा लिएसँगै थप अनिश्चितता र अस्थिरतातर्फ गएको भन्दै १५ सदस्यीय राष्ट्रसंघीय सुरक्षा परिषद्ले अनमिनको अफगानिस्तान मिसनको म्याद थप गरेको हो ।

राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलाई सन् २०२२ को जनवरी अन्त्यसम्म अनमिन मिशनलाई अफगानिस्तानमा काम गर्न अनुमति दिइएको जनाएका छन् ।

अनमिनलाई हालको राजनीतिक, सुरक्षा र सामाजिक घटनाक्रमहरुको अनुगमनको कामलाई निरन्तरता दिन ६ महिनाको म्याद थप गरिएको उनले बताए ।

मिसनलाई अफगानिस्तानमा महिलाहरूको पूर्ण सम्मान, सार्थक सहभागिता र महिला बालबालिका, अल्पसंख्यकहरुसहित मानवअधिकारको समर्थन गर्न अधिकार दिएको राष्ट्रसंघले जनाएको छ ।