जापानमा अध्ययनरत युवतीले मृत्यु रोजेपछि…

जापानमा अध्ययनरत युवतीले मृत्यु रोजेपछि…


  • टोकियो प्रतिनिधि

जापानको फुकुओकामा विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीले गलत निर्णय लिँदा जापानमा रहेको नेपाली समुदाय नै तरङ्गित हुन पुगेको छ ।

नेपालको काठमाडौं जिल्ला थानकोट घर भइ विगत ५ वर्षदेखि विद्यार्थी भिषामा जापानको फुकुओका निहोन केइजाइ दाइगागुको तेश्रो वर्षमा अध्ययनरत अर्चना भुर्तेलले मृत्यु रोजेकी हुन् ।

एक्लै बस्ने अर्चनाले सोमबार बिहान करिव २ बजे ने आत्महत्या गरेको बुझिएको छ । केही समयअघिबाट रिलेशनमा रहेको युवासँग लामो भिडियो कलपछि झगडा परेको एवं त्यही रिसको झोकमा यस्तो अप्रिय निर्णय गर्न पुगेको घटनस्थाल पुगेका ब्यक्तिहरुले बताए ।

साथीहरु माझ पनि स्पष्ट कुरा राख्ने एवं कन्भिन्स गर्ने अर्चनाले सो्ही दिन डियक्टिभ गरेको फेसबुक ओपन गरी उनको केटासाथीसँग १३ मिनेट लामो भिडियोकलपछि यस्तो अवस्थामा भेटिएपछि उनका साथीहरु पनि स्तब्ध हुन पुगेको एक साथीले बताइन् ।

जापानमा करिव एक लाख नेपालीहरुले बिभिन्न काम एवं ब्यवसाय गर्ने गर्दछन् । जापानमा नेपालीहरुको संख्या बढेसँगै नेपालीहरुले आत्महत्या गर्ने संख्या पनि दिननुदिन बढ्दो छ । मनोचिकित्सक डा. विजय ज्ञवालीका अनुसार नेपालीहरुमा जापान आएर छिटोभन्दा छिटो सोचेजस्तो नहुने त्यसका कारण डिप्रेशनको सिकार हुने, एकान्तपन मनपराउने ब्याइफ्रेन्ड/गर्लफ्रेन्डमा विश्वासिलो वातावरण नहुने, दीर्घरोगी हुनुलगायताका कारण आत्महत्या गर्ने गरेको बताउनुभयो ।