हेटौँडामा पनि सिजी डिजिटल प्रिमियम मल्टिब्राण्डको शोरुम

हेटौँडामा पनि सिजी डिजिटल प्रिमियम मल्टिब्राण्डको शोरुम


हेटौँडा मेनरोड कपुर कम्प्लेक्समा, सिजी इैलेक्ट्रोनिक्सले नयाँ सिजी डिजीटल प्रिमियम मल्टिब्राण्ड शोरुम सञ्चालनमा ल्याएको छ ।

चौधरी ग्रुपले सि.जी. इलेक्ट्रोनिक्सका सम्पूर्ण ब्रान्ड जस्तै LG, CG, TCL, Godrej, Sensei, Black + Decor, Kent, Pigeon र Elica जस्ता विद्युतीय घरायसी सामाग्रीहरू सहज रूपमा ग्राहकसमक्ष पुऱ्याउने उद्देश्यले सिजी डिजीटल प्रिमियम मल्टिब्राण्ड शोरुम बिस्तार गर्दै आएको छ ।

सोही क्रममा गत भदौ २७ गते नयाँ शोरुम हेटौँडामा स्थापना गरेको हो । यो कम्पनीको १९औँ शोरुम भएको जनाइएको छ ।

सिजी इलेक्ट्रोनिक्सका विद्युतीय घरायसी सामाग्रीहरुमा ग्राहकले देखाएको विश्वास र चाहनाको कारणले गर्दा कम्पनीले सिजी डिजिटलका आउटलेटहरु विस्तार गर्दै आएको कम्पनीको भनाइ छ ।