आजको पञ्चाङ्ग एवम् राशिफल (६ असोज २०७८ बुधबार, २२ सेप्टेम्बर २०२१)

आजको पञ्चाङ्ग एवम् राशिफल (६ असोज २०७८ बुधबार, २२ सेप्टेम्बर २०२१)



■ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४३ नेपाल सं. ११४१ शरद ऋतु वि.सं. २०७८ आश्विन ६ गते बुधबार तद्अनुसार सन् २०२१ सेप्टेम्बर २२ तारिख आश्विन कृष्णपक्ष द्वितीया तिथि रेवती नक्षत्र वृद्धि योग तैतिल करण आनन्दादिमा उत्पात योग चन्द्रमा मीन राशिमा भ्रमणशील रहनेछ । काठमाडौमा सूर्योदय बिहान ५ः५२ मा भयो र सूर्यास्त साँझ १७ः५९ बजे हुनेछ । द्वितीया श्राद्ध ।

आजको राशिफल

मेष – अनावश्यक यात्रा र अनावश्यक खर्चमा नियन्त्रण राख्नुहोला । दौडधुप तथा व्यस्तता जारी रहनेछ । जोखिममा नपर्नुहोला । घरपरिवारको साथ मिल्नेछ । अरुको भरमा बस्नु र विवादमा नपर्नु बेस होला । धनको आवागमन भइरहनेछ । खेलकुद र भ्रमणमा आकर्षण बढ्ला । विलासमा पनि रुचि बढ्नेछ । सुख–सुविधा र विलासको बस्तु बढ्लान् । ऋण रोग र शत्रुप्रति सजग नै रहनु हितकर होला ।

बृष – लाभ वृद्धि हुनेछ । आरोग्यता बढ्ला । मिठो भोजन प्राप्त होला । विजयश्री मिल्नेछ । उन्नति पदोन्नति हुनेछ । अन्नधन वृद्धि होला । यात्रामा सफलता मिल्नेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ला । उत्साह बढ्नेछ । नयाँ आयस्रोत बढ्नुसँगै उधारो लगानी लगाइएको धन उठ्नेछ । रोकिएको काम बन्नुसँगै नयाँ कार्यमा पनि सफलता मिल्नेछ । घरपरिवारको स्थिति अनुकूल रहला साथै कार्य व्यापारमा पनि सफलता पाउनुहुनेछ । धनसित सम्बन्धित वार्तामा सफलता पाउनुहुनेछ । सुखशान्ति महत्व ऐश्वर्य बढ्नेछ ।

मिथुन – ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । बोली र ब्यक्तित्वको प्रभाव बढ्नेछ । आर्थिक र पारिवारिक क्षेत्रमा सफलता पाउनुहुनेछ । उन्नति हुनेछ । सुखशान्ति ऐश्वर्यमा वृद्धि होला । कार्यक्षेत्रसित सम्बन्धित काम बन्नेछ । दायित्व पूरा गर्नुहुनेछ । मिठो भोजन मिल्नेछ । आरोग्यता बढ्ला । मनअनुकूल कार्य बनेर मन प्रशन्न भइहाल्नेछ । मान पुरस्कार प्राप्त होला । विजयश्री मिल्ने छ । सुख सुविधाको बस्तुमा खर्च बढ्नेछ ।

कर्कट – शुभ काम बन्नेछ । आरोग्यता वृद्धि हुनेछ । इष्टमित्रको साथ प्राप्त हुनेछ । प्रेममा सफलता प्राप् होला । बौद्धिक र रचनात्मक काम बन्नुका साथै रोकिएका काम बन्नेछन् । खेलकुद भ्रमणमा रुचि बढ्ला । मनोकूलको कर्ममा प्रवृत्ति बढ्ला । मिठो भोजन मिल्नेछ । आनन्दमा वृद्धि होला । मानसम्मान ख्याति फैलिनेछ । सुख शान्ति बढ्नेछ ।

सिंह – दौडधुप बढ्ला । शारीरिक र आर्थिक कार्यमा जोखिम नलिनु बेस होला । ऋण रोग र शत्रुप्रति सचेत रहनुहोला । स्वास्थ्यमा लापर्वाही नगर्नु हितकर रहनेछ । यात्रामा ख्याल गर्नुहोला । अरुको भरमा नबस्नु बेस होला ।

कन्या – शुभ र लाभदायक काम बन्नेछन् । रोकिएको काम बन्नेछ । मान महत्व बढ्नेछ । जीवनसाथीको सहयोग मिल्नेछ । आयस्रोत बढ्ला । लगानी उठ्ला । सुखशान्ति ऐश्वर्य अभिवृद्धि हुनेछ । साझेदारीको कार्य बन्नेछ । आरोग्यता अभिवृद्धि होला । आफन्तको सहयोग प्राप्त होला । विलासमा रुचि बढ्नेछ । ख्याति फैलिनेछ । आशा उत्साह थपिनेछ । यात्रामा सफलता हासिल हुनेछ ।

तुला – मान महत्व बढ्नेछ । गौरव वृद्धि हुनेछ । यात्रा हुनेछ । स्वास्थ्यमा सुधार हुनेछ । कार्यक्षेत्रमा सफलता मिल्नेछ । रोकिएको कार्य बन्ला । नयाँ कार्यमा पनि सफलता पाउनुहुनेछ । आफन्तको सहयोग समर्थन मिल्नेछ । रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ । मनोकूलको काम बनेर मन प्रशन्न हुनेछ ।

वृश्चिक – आरोग्यता वृद्धि हुनेछ । मिठो भोजन प्राप्त होला । प्रेमपथमा प्रगति हुनेछ । काममा सफलता मिल्नेछ । सद्कर्म पथमा प्रगति होला । भाग्योदयको समय छ । आफन्तको सहयोग बढ्ला । मित्रमिलन होला । बौद्धिक र रचनात्मक कार्यमा सफल हुनुसँगै गीतसंगीतमा पनि आकर्षण बढ्नेछ । इष्टमित्रको सहयोग पाउनुहुनेछ । सन्तानसुख बढ्नेछ । आमोदप्रमोदमा रमिरहनु हुनेछ । शैक्षिक र रचनात्मक कार्य सफल रहनेछ । धैर्य र संयमले काम गरे थप सफलता मिल्नेछ ।

धनु – व्यस्तता बढ्नेछ । अरूको भरमा बस्नु र विवादमा पर्नु उचित हुनेछैन । आफ्नै बलविवेकले कार्य गर्नु बेस रहला । देखिएको समस्याको समाधान गर्नुहुनेछ । शारीरिक र आर्थिक हित हुने काममा सफलता मिल्नेछ । विवादबाट बच्नुहोला । विलास, खेलकुद, भ्रमण आदिमा रुचि बढ्ला । जोखिमप्रति सचेत रहनुपर्नेछ ।

मकर – ऋण रोग र शत्रुलाई जित्ने सामर्थ्य बढ्नेछ । साहसिक काम बन्नेछ । मिठो भोजन मिल्नेछ । रसरागमा रुचि बढ्ला । विकासको नयाँ सम्भावना देखा पर्ला । उत्साह बढ्नेछ । यात्रामा सफलता पाउनुहुनेछ । सुखशान्ति बढ्नेछ । लेखन प्रकाशनसित सम्बन्धित कार्य बौद्धिक र रचनात्मक कार्य आदि क्षेत्रमा सफलता पाउनुहुनेछ । इष्टमित्रको सहयोग मिल्ला ।

कुम्भ – धनसम्पत्ति बढ्नुको साथै आरोग्यता पनि बढ्नेछ । घरपरिवारको स्थिति अनुकूल रहनेछ । कार्यव्यवस्था क्षेत्रमा सफलता मिल्नेछ । सभासमारोहमा पुरस्कार पाउनुहुनेछ । आर्थिक पक्ष बलियो बन्नेछ । विजयश्री मिल्ने छ । आरोग्यप्रद काममा सफलता मिल्नेछ । आनन्द बढ्नेछ । सुख शान्ति बढ्ला ।

मीन – समय शुभ र भाग्यवर्धक छ । प्रयासरत काममा सफलता मिल्नेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । विकास होला । सुख–सुविधा बढ्नेछ । मनअनुकूलको काम बन्नेछ । मीठो भोजन मिल्नेछ । विलासमा आकर्षण बढ्नेछ । ख्याति फैलिनेछ । सुखी र सफल रहनुहुनेछ । रोगबाट छुट्कारा पाउनुहुनेछ । यात्रा होला । सन्ततिसुख बढ्ला ।