आइतबार ९ संक्रमितको मृत्यु, नेपालभर थपिए ८३४ जना संक्रमित

आइतबार ९ संक्रमितको मृत्यु, नेपालभर थपिए ८३४ जना संक्रमित



नेपालमा आइतबार थप ८३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप २७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा काठमाडौंमा २३२, भक्तपुरमा २३ र ललितपुरमा २४ जना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा देशभर ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने यससँगै हालसम्म मृत्यु हुनेको संख्या ११,०९६ पुगेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार आइतबार १,२७९ जना संक्रमणमुक्त भएका छन् भने हाल देशभर १९,१४२ सक्रिय संक्रमित रहेका छन् ।