- विशेष प्रतिनिधि, खानागावा (जापान)
जापानको खानागावा प्रान्तमा एक नेपाली युवाले आफ्नो ज्यान आफैले लिएका छन् । प्राप्त जानकारीअनुसार खानागावा प्रान्त मिदोरी वार्डको नागाचुता भन्ने ठाउँमा गैरे थरका युवाले आफ्नो ज्यान आफैंले लिएका हुन् । नेपालमा बुटवल घर भएका गैरे जापानमा वर्किङ भिषामा रहँदै आएका थिए ।
श्रीमतीसहित जापान बस्दै आएका गैरेले सेप्टेम्बर २६ तारिख आइतबार साँझ आत्महत्या गरेका हुन् । के कारणले आत्महत्या गरे भन्ने खुलेको छैन ।
गैरे आफू बस्दै आएको घरको सिँडीमा झुण्डिएको अवस्थामा मृत भेटिएका हुन् । हाल शव प्रहरी नियन्त्रणमा रहेको र प्रहरीले छानविन तथा पोष्टमार्टम प्रक्रिया गरिरहेको बताइएको छ ।
ज्ञातव्य छ, गएको हप्ता प्रेमीसँग मनमुटाव भएपछि जापानको फुकुओका शहरमा एक युवतीले यस्तै बाटो रोजेकी थिइन् ।
प्रतिक्रिया