चीनले नेपालसँगको सम्बन्धलाई प्रगतिको नवीन मार्गमा अघि बढाउन चाहेको बताएको छ । राज्य परिषद् सदस्य एवं विदेशमन्त्री वाङ यीले परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई बधाई सन्देश पठाएर दुई देशबीचको सम्बन्ध नयाँ ढङ्गले प्रवर्द्धन गर्न चाहेको जनाउनुभएको छ ।
नेपालका लागि चिनियाँ राजदूत हउ यान्छीले सामाजिक सञ्जालमार्फत सम्प्रेषण गरेअनुसार आफ्ना विदेशमन्त्रीबाट परराष्ट्रमन्त्री खड्कालाई बधाई सन्देश पठाइएको तथा चीन र नेपालबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन सहकार्यका लागि आफू इच्छुक रहेको सन्देशमा उल्लेख गरिएको छ ।

सामाजिक सञ्जाल ट्विटरमा राजदूत हउले लेख्नुभएको छ– ‘आज चीनका राज्य परिषद् सदस्य तथा विदेशमन्त्री श्री याङ यीले नेपालका नयाँ विदेशमन्त्री माननीय डा. नारायण खड्कालाई बधाई सन्देश पठाउँदै चीन-नेपाल सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन आफ्ना समकक्षीसँग उहाँले सँगसँगै काम गर्ने तत्परता व्यक्त गर्नुभएको छ ।’
प्रतिक्रिया