माधव नेपाल अस्पताल भर्ना, भेटघाट गर्न नमिल्ने

माधव नेपाल अस्पताल भर्ना, भेटघाट गर्न नमिल्ने


नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल स्वास्थ्यमा समस्या देखिएपछि महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय (शिक्षण अस्पताल)मा भर्ना भएका छन् ।

अध्यक्ष नेपाललाई ज्वरो र खोकीको समस्या देखिएको बताइएको छ ।

केही दिन आरामसहित उपचार गर्नुपर्ने भएकाले पूर्वप्रधानमन्त्री समेत रहेका नेता नेपाललाई अस्पताल भर्ना गरिएको उनका स्वकीय सचिव मोहन गौतमले जानकारी दिएका छन् ।

अध्यक्ष नेपालको स्वास्थ्य अवस्था सामान्य रहेको र उनको उपचारमा अस्पतालका वरिष्ठ छाती रोग विशेषज्ञ डा. सन्तकुमार दाससहितको टोली संलग्न रहेको जनाइएको छ । स्वास्थ्य संवेदनशीलताका कारण नेपालसँग अस्पतालमा भेटघाट गर्न बन्द गरिएको बताइएको छ ।

file photo