निगुरो टिप्न जंगल गएकी महिलाको हात्तीको आक्रमणबाट मृत्यु

निगुरो टिप्न जंगल गएकी महिलाको हात्तीको आक्रमणबाट मृत्यु



झापामा जङ्गली हात्तीको आक्रमणबाट बिहीबार एक महिलाको मृत्यु भएको छ । निगुरो टिप्न जङ्गल गएकी विर्तामोड नगरपालिका-८ नेपाल चोककी ५० वर्षीया लतुमाई मर्डीको हात्तीको आक्रमणबाट ज्यान गएको हो ।

भद्रपुर नगरपालिका–१० स्थित चन्द्रगढी सामुदायिक वनमा उनी श्रीमान् सुकलाल मर्डीसँगै निगुरो टिप्न गएकी थिइन् । निगुरो टिप्दैगर्दा जंगली हात्तीले उनलाई सुँढले च्यापेर जंगलभित्र लगेको थियो । श्रीमतीलाई हात्तीले लगेपछि श्रीमान् सुकलालले प्रहरीलाई खबर गरेका थिए । उनले तत्काल अस्थायी प्रहरी चौकी गरामनीलाई जानकारी गराएका थिए । त्यसपछि सुरक्षाकर्मी र स्थानीय मिलेर लतुमाईको खोजी गरेका बताइएको छ ।

उक्त घटनामा लतुमाईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राकेश थापाले जानकारी दिएका छन् । लतुमाईको शव वनभित्रको सेती खोलाको पैनीमा फेला पारेको प्रहरीले जनाएको छ ।

Representative image