एकीकृत शक्ति नेपालले दुरा जातिको सम्मानको निम्ति दुरा सम्मान कोष स्थापना गरेको छ । संगठनका नेताहरू वरिष्ठ उपाध्यक्ष डा. रामप्रसाद उप्रेती र सचिव पदम पाण्डे लमजुङको दुराडाँडा पुगेर उक्त सम्मान कोष स्थापना गराउनुभएको हो ।
साङ्गठनिक विस्तार तथा कृषि उद्यमको विस्तारसँग सम्बन्धित कार्यको अवलोकनका निम्ति लमजुङ दुराडाँडा पुगेको एकीकृत नेताहरूको टोलीले लमजुङमा यशोब्रह्म शाहलाई राजा बनाउन दुराहरूले निर्णायक भूमिका निर्वाह गरेको जानकारी पाएको थियो ।
यशोब्रह्म शाहलाई राजा घोषणा गर्ने क्रममा दुराहरूले बालक राजालाई एउटा ठूलो ढुङ्गामा राखेर सिन्दूर लगाउने कार्य सम्पन्न गरेका थिए । उक्त ढङ्गालाई अहिले पनि सिन्दूरे ढुङ्गाका नामले चिनिन्छ ।
सो ऐतिहासिक स्थलमा पुगेका नेताहरू उप्रेती र पाण्डेले उपस्थित जनसमूहलाई ससम्बोधन गर्दै संगठनका तर्फबाट तीस हजार नगद तत्काल उपलब्ध गराउँदै दुरा सम्मान कोष स्थापनाको घोषणा गर्नुभएको थियो । सो अक्षय कोषको रकम बढाउँदै लगिने स्थानीय बासिन्दाहरूले जनाएका छन् ।
प्रतिक्रिया