लण्डन । हिजो केम्प्टन रेस कोर्शमा सम्पन्न भएको नेपाली मेलामा नेपाल पत्रकार महासँघ यूके शाखाले पनि आफ्नो एक स्टल राखेको थियो । बेलायतस्थित नेपाली पत्रकारहरुलाई एकै स्थानमा भेला गराई अन्य संघसंस्थाजस्तै नेपाली मेलामा झाँकीको प्रदर्शनीमा लामवद्ध रहनको लागि खोलिएको उस्तो प्रकारको स्टल खासगरी नेपाली मेलामा पहिलोपटक रहेकोथियो । नेपाल पत्रकार महासँघ यूके शाखाका अध्यक्ष चिरन शर्माका अनुसार पत्रपत्रिकामा काम गरिरहेका सम्पूर्ण पत्रकारहरुको एक समूहले नेपाली मेलामा लामवद्ध भएर प्रदर्शनीमा भाग लिनु, तमू धीं यूकेको सम्पूर्ण नेपाली परम्परा, संस्कृतिआदिको प्रवद्र्धन गर्ने हेतुले स्थापना गरिएको नेपाली मेलालाई पूर्ण समर्थन गरी सहयोग गर्नु थियो ।
नेपाली मेलामा आफ्नो एक स्टल राखी सबैभन्दा पहिला प्रकाशित भएको यती प्रत्रिकाको पहिलो प्रकाशनलगायत बीबीसी नेपाली सेवाको ब्रोड्कास्टिंगको दौरान खिचिएका ऐतिहासिक तस्वीरहरु, विभिन्न पत्रपत्रिकाका कटिङ्गहरुको डिस्प्ले बोर्डमा राखी सर्वसाधारणहरुलाई जानकारी दिने प्रयास गरिएको थियो । सबै मिडियाहरुको लोगोहरुलाई एकमुस्ट ब्यानरमा राखी पत्रकारहरुबीचको भाइचारालाई सार्वजनिक गर्ने प्रयास नेपाल पत्रकार महासँघ यूके शाखाको राम्रो प्रयास मानिएको थियो । महासँघको सो प्रयासमा जनजाति पत्रकार महासँघ यूकेले साथ दिएको थियो ।
सोही अवसरमा अध्यक्ष चिरन शर्माले सदस्यता परिचय पत्र बितरण गरेका थिए । नयाँ ३९ जना र पुराना १७ जना पत्रकारहरुको परिचय पत्र केन्द्रबाट आएको थियो त्यसमध्ये धेरैको सोही बेला विरतरण गरिएको थियो । पचासी जना जति सदस्य भएको नेपाल पत्रकार महासँघ यूके शाखामा जम्मा ५६ जनाको मात्र परिचयपत्र सहितको पत्रकार सदस्यहरु रहेका छन् । बाँकी सदस्यहरुका प्रकृया नमिलेको कारण, नवीकरण नगरेको कारण तिनका सदस्यता खारेज भएको बुझिएको छ । यसरी परिचयपत्रको बहालवाला अवधि नभएका पत्रकारहरु, बिना परिचयपत्र पनि आफूहरु पत्रकार भएको खुलाहा गर्दै हिँडिरहेका भेटिएका थिए । सोही सन्दर्भमा अध्यक्ष चिरन शर्मालाई जिज्ञाशा राख्दा ….कसैको सदस्यता खारेज भई नहालेको र ती सदस्यहरुको सदस्यता नवीकरण गर्नको लागि अझै समय थप गर्न सकिने वा नसकिनेमा छिट्टै नै महासँघको बैठक बस्ने..बारे बताएका थिए । तर पनि तोकिएको समयभित्र नवीकरण नगर्ने सदस्यहरुको साधारण सदस्यताको वैधानिकता हट्ने र ती त्यो अर्थमा खारेजीमा परेको ठहर्ने अन्यको भनाइ रहेको थियो ।
नेपाल पत्रकार महासँघको केन्द्रले पत्रकारहरुको परिचयपत्र तयार पार्नमा निक्कै नै उदारता देखाएको चर्चा धेरैअघिबाट सतहिएको थियो भने, सुन्नमा आएको अनुसार शाखाले योपालि भने निक्कै नै कडाइ गर्ने भनाइहरु सुन्नमा आएको थियो र त्यही क्रममा यूके शाखामा त्यही कडाइलाई अवलम्बन गरेको हो भन्ने पनि चर्चामा चल्न थालेको छ तर यो चर्चालाई पुष्टि गर्ने किसिमले यूके शाखाका अध्यक्ष चिरन शर्मा खुलेर बोल्न चाहेका छैनन् ।
कृपया यस लिंकमा पनि भिजिट गर्नुहोला
प्रतिक्रिया