आयोजक राष्ट्र मालदिभ्स नेपालसँग एक सून्यले पराजित
- श्रीविक्रम भण्डारी, मालदिभ्स माले
साफ च्याम्पियनसिपको उदघाटन खेलमा नेपालले आयोजक राष्ट्र मालदिभ्सलाई एक सून्यले पराजित गरेको छ ।
प्रतियोगिताको दाबेदार मानिएको आयोजक डिफेन्डिङ च्याम्पियन मालदिभ्सलाई सनसनीपूर्ण खेलमा नेपालले पराजित गरेको हो ।
नेपालको लागि विजय तथा निर्णायक गोल स्ट्राइकर मनीष डाँगीले गरेका हुन् । खेलको उत्तरार्द्ध तथा ८० मिनटमा मैदानमा प्रवेश गरेका डाँगीले खेलको ८५औं मिनटमा गोल गरेका हुन् ।
मालदिभ्सको अन्तर्राष्ट्रिय फुटबल मैदान मालेमा आयोजना भएको खेलमा नेपाली फूटबल टोलीको उत्साह बढाउन मालदिभ्समा रोजगारी गरेर बसेका थुपै नेपालीहरुको उपस्थिति रहेको थियो । उनीहरु बाजागाजासाहित नेपालको झण्डा बोकेर मैदानमा उपास्थित भएका थिए ।

पाँचवटा टीमको सहभागिता रहेको साफ च्याम्पियनसिपमा आउँदो चार तारिकमा नेपालले बंगलादेशसंग दोश्रो खेल खेल्ने छ ।
बंगलादेशलाई जितेको खण्डमा नेपालको फाइनलमा पुग्ने सम्भावना बलियो बन्नेछ । बङ्गलादेश यो प्रतियोगिताको बलियो टीम हो ।
बाँग्लादेशले आफ्नो पहिलो खेलमा श्रीलङ्का पराजीत गर्दै दुई अङ्क बटुलिसकेको छ ।
नेपालको लागि बंगलादेशसङ्गको खेल निकै महत्वपूर्ण मानीएको छ ।
प्रतिक्रिया