माओवादी केन्द्रले मन्त्रीहरुको नाम अझै तय गर्न सकेन

माओवादी केन्द्रले मन्त्रीहरुको नाम अझै तय गर्न सकेन



सरकार विस्तारबारे आइतबार छलफल हुने प्रवक्ता महराको भनाइ

नेकपा (माओवादी केन्द्र)ले सरकारमा पार्टीबाट सहभागी हुने मन्त्रीहरुको विषयमा आइतबार बस्ने स्थायी समितिको बैठकमा आवश्यक छलफल गर्ने भएको छ ।

आजको स्थायी समितिको बैठकमा मन्त्रिपरिषदमा सहभागी हुने सदस्यका बारेमा कुनै छलफल नभएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । शनिबारत्यसबारेमा कुनै छलफल नभएको तर आइतबार बस्ने बैठकमा त्यसबारे छलफल हुने उनको भनाइ छ ।

यस्तै, बैठकमा अखिल (क्रान्तिकारी)को नेतृत्वको विषयमा छलफल भएको थियो । क्रान्तिकारीका अध्यक्षका प्रत्यासी धेरै भए पनि उनीहरु सबै आफैँमा योग्य भएकाले उनीहरुको बारेमा छलफल भएको माोवादी केन्द्रले जनाएको छ । प्रवक्ता महराले नेतृत्वका विषयमा छलफल भएको जानकारी दिँद क्रान्तिकारीको अध्यक्षको चयन गर्ने जिम्मा अध्यक्ष प्रचण्डलाई दिएको बताए ।

यस्तै विशेष समितिका रहने सदस्यका बारेमा बैठकमा छलफल भएको थियो । माओवादीको स्थायी समिति बैठक आइतबार पुनः बस्नेछ ।