आजको पञ्चाङ्ग एवम् राशिफल (१८ असोज २०७८ सोमबार, ४ अक्टोबर २०२१)

आजको पञ्चाङ्ग एवम् राशिफल (१८ असोज २०७८ सोमबार, ४ अक्टोबर २०२१)



■ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४३ नेपाल सं. ११४१ शरद ऋतु वि.सं. २०७८ आश्विन १८ गते सोमबार तद्अनुसार सन् २०२१ अक्टुबर ४ तारिख आश्विन कृष्णपक्ष त्रयोदशी तिथि पूर्वाफाल्गुणी नक्षत्र शुभ योग गर करण आनन्दादिमा ध्वज योग चन्द्रमा सिंह राशिमा भ्रमणशील रहला । काठमाडौंमा सूर्योदय बिहान ५ः५८ मा भयो र सूर्यास्त साँझ १७ः४५ मा हुनेछ । सोमप्रदोषव्रत, त्रयोदशीश्राद्ध ।

आजको राशिफल

मेष – समय अनुकूल तथा फलदायक छ । सुख शान्ति बढ्नेछ । सार्वजनिक कार्यमा सफलता प्राप्त हुनेछ भने नियमित कर्ममा प्रवृत्ति बढ्नेछ । सुख र सफलता प्राप्त हुनेछ । इष्टमित्र सन्तान आदिको सहयोग प्राप्त हुनेछ । व्यापारमा सफलता हासिल हुनेछ । आर्थिक कर्ममा प्रवृत्त रहनुहुनेछ । रोकिएको काम बन्नुका साथै विविध कार्यक्रममा सहभागी हुनुहुनेछ । आँट र उत्साह थपिनेछ । बौद्धिक र सृजनात्मक काम होला । रोकिएको काममा सफलता हासिल हुनेछ । ऋण रोग र शत्रुसित लड्ने सामर्थ्य बढ्ला । बोली र व्यक्तित्वको प्रभावमा बृद्धि होला ।

बृष – बौद्धिक र रचनात्मक काम बन्नुका साथै सुख शान्ति समृद्धि पनि प्राप्त हुनेछ । ऋण रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । शुभ काममा सफलता प्राप्त होला । मिठो भोजन मिल्नेछ । मान सम्मान बढ्ला । विजय प्राप्त हुनेछ ।

मिथुन – मिठो भोजन प्राप्त हुनेछ । कार्यमा सफलता प्राप्त हुनेछ । खेलकुद भ्रमणमा आकर्षण बढ्नेछ । भागदौड व्यस्तता बढ्नेछ । विलासमा आकर्षण बढ्नेछ । कुनै पनि कार्यमा जोखिम नमोल्नुहोला ।

कर्कट – आरोग्यता बढ्नेछ । ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ । मान महत्वमा कमी आउने छैन । वार्तामा सफलता प्राप्त हुनेछ । पारिवारिक वातावरण अनुकूल रहनेछ । सुख र सफलता मिल्नेछ । समस्याको समाधान मिल्नेछ । अरुको भरमा नबसी आफ्नै बल र विवेकले काम गर्नु हीतकर रहला ।

सिंह – प्रेममा सफलता हासिल हुनेछ । इष्टमित्रको साथ प्राप्त हुनेछ । सन्तानसुख बढ्नेछ । खर्चमा कमी आउनेछ । विलासमा रुचि बढ्नेछ । नयाँ सम्भावना देखापर्ने छ । आशा उत्साह थपिनेछ । समस्याको समाधान मिल्नेछ । बौद्धिक र रचनात्मक काम बन्नेछ ।

कन्या – मिहीनेतले सफलता प्राप्त हुनेछ । धन सम्पत्ति बढ्ला । शुभ र भाग्यबर्द्धक काममा प्रवृत्त रहनु हितकर हुनेछ । रसरागमा रुचि बढ्ला । यात्रा हुनेछ । मान मिल्नेछ । व्यस्तता बढ्नेछ ।

तुला – आशा उत्साह बढ्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ । आफन्तको साथ प्राप्त हुनेछ । भोगविलासमा आकर्षण बढ्नेछ । शारीरिक र आर्थिक काममा प्रगति होला । प्रेममा सफलता प्राप्त होला । मित्रसुख बढ्नेछ । शैक्षिक, बौद्धिक, कलात्मक, गीतसंगीत आदि कार्यमा आकर्षण बढ्नेछ । मिठो भोजन खान पाउनु हुनेछ ।

वृश्चिक – मान महत्व बढ्नेछ । आफन्तको साथ मिल्नेछ । ऐश्वर्य अभिवृद्धि हुनेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्नेछ । गीतसंगीतमा आकर्षण बढ्नेछ । आरोग्यता बढ्ला । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । खेलकुद र भ्रमणमा आकर्षण बढ्नेछ । यात्रापरक काम बन्नेछ । समस्याको समाधान मिल्नेछ । आशा उत्साह बढ्ला । दूरदेशबाट शुभ समाचार सुन्नुहुनेछ । सन्तानसुख बढ्ला ।

धनु – आरोग्यता बढ्ला । शत्रुलाई जित्ने क्षमता बढ्नेछ । आर्थिक उनन्ति हुनेछ । आफन्तको सहयोग समर्थन मिल्नेछ । वार्तामा सफलता मिल्नेछ । मान मिल्नेछ । आयस्रोत बढ्ला । लगानी उठ्नेछ ।

मकर – यात्रमा सफलता मिल्नेछ । शुभ र भाग्यवर्द्धक काममा सफलता मिल्नेछ । सुख समृद्धि बढ्ला । सन्तान सुख बढ्ला । शुभ काम बन्नेछ । उन्नति हुनेछ । मान महत्व बढ्ला ।

कुम्भ – समस्याको समाधान मिल्नेछ । यात्रा होला । खेलकुद भ्रमणमा रुचि बढ्ला । रसरागमा आकर्षण बढ्ला । सुख शान्ति समृद्धि बढ्नेछ । शुभ र भाग्यवर्द्धक काम बन्नेछ ।

मीन – स्वास्थ्यप्रति सजग रहनुपर्नेछ । खर्च बढ्नेछ । यात्रापरक काममा सफलता मिल्नेछ । ऋण रोग र शत्रुलाई जीत्ने क्षमता बनिरहला । मनोकुलको काम बनेर मन प्रशन्न हुनेछ । रसरागमा आकर्षण बढ्नेछ । सुखको बस्तुमा खर्च बढ्ला । आफन्तको सहयोग प्राप्त होला । जीवनसाथीको साथ प्राप्त होला ।