एमालेको १०औँ महाधिवेशन बुटवलमा

एमालेको १०औँ महाधिवेशन बुटवलमा



नेकपा (एमाले) ले पार्टीको १०औँ राष्ट्रिय महाधिवेशन बुटवलमा गर्ने निर्णय गरेको छ । ललितपुरको गोदावरीस्थि सनराइज सम्मेलन केन्द्रमा तीन दिनसम्म सञ्चालन भएको पार्टीको प्रथम विधान महाधिवेशनको समापन गर्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीले आगामी १०औँ महाधिवेशन लुम्बिनी प्रदेशको बुटवलमा हुने जानकारी दिएका छन् ।

महाधिवेशन मङ्सिर १० देखि १३ गतेसम्म गर्ने निर्णय गरिएको छ । आइतबार नै महाधिवेशनले डा. विजय सुब्बाको अध्यक्षतामा १५ सदस्यीय निर्वाचन आयोग सर्वसम्मतिले गठन गरेको छ ।

आयोगमा महेश नेपाल, सानुराज पोखरेल, बाबुराम दाहाल, कुन्साङ लामा, रिता सिम्खडा, रञ्जु ठाकुर, भरत पोखरेल, टङ्क उप्रेती, सुमित्रा बिसी, पवित्रा निरौला, विमला विश्वकर्मा, हिमकला गैरे र केवालाल चौधरी सदस्य रहेका छन् ।