परापूर्व कालमा खेतीबाली लगाए र थन्काएपछि मनोरञ्जनका लागि तारो खेल्ने चलन थियो । मुस्ताङ उद्गम थलो भएका थकाली समुदायले तारो खेललाई मौलिक परम्परा मान्छन् ।
थकाली सेवा समितिको आयोजनामा म्याग्दीको बेनीमा आइतबार सम्पन्न ११आँै केन्द्रीय तोरन्ल्ह गोल्डकप अन्तर क्षेत्रीय तारो खेल प्रतियोगिताको उपाधि दरबाङ–रातोढुङ्गा क्षेत्रले जितेको छ । समितिको बेनी क्षेत्रको आतिथ्यतामा तीन दिनसम्म सञ्चालन भएको प्रतियोगितामा १४१ अङ्क प्राप्त गर्दै उपाधि जितेको दरबाङ–रातोढुङ्गाले रु एक लाख नगद, सुनको जलप भएको शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
एक २७ अङ्कसहित काठमाडौँ क्षेत्र दोस्रो, तेस्रो भएको पोखरा क्षेत्रले १२६, चौथो भएको बुर्तिबाङ क्षेत्रले ११८ र पाँचौँ भएको थासाङले ११४ अङ्क प्राप्त गरेका छन् । दोस्रो, तेस्रो, चौथो र पाँचौँले क्रमश रु ५० हजार, रु २५, रु १० हजार र रु पाँच हजार पुरस्कार प्राप्त गरेका छन् । सबैभन्दा बढी २६ अङ्क ल्याएर सर्वाधिक धनुषकर भएका दरबाङ–रातोढुङ्गाका महेश तुलाचन, विशिष्ट धनुषकरको उपाधि पाएका कुश्माका अनुज शेरचन र अनुशासित टिमको उपाधि पाएका टिकापुर क्षेत्रले रु सात÷सात हजार नगदसहित प्रमाणपत्र र ट्राफी प्राप्त गरेका थिए ।
तीन दिनसम्म सञ्चालन भएको हुने प्रतियोगितामा थकाली समुदायका मात्र १८ समूहका १२६ जना खेलाडीबीच प्रतिस्पर्धा भएको थियो । बिजेता खेलाडीलाई पूर्वराज्यमन्त्री भीमप्रसाद गौचन, थकाली सेवा समितिका अध्यक्ष सोमप्रसाद तुलाचनलगायतले पुरस्कार वितरण गरे ।
थकाली समुदायको पौराणिक तारो हान्ने खेलको संरक्षण, खेल पर्यटनको विकास र प्रवद्र्धन गर्ने उद्देश्यले समितिले प्रत्येक तीन–तीन वर्षमा तोरन्ल्ह गोल्डकप आयोजना गर्दै आएको छ । तोरन्ल्ह गोल्डकप सञ्चालन गर्न स्वदेश तथा विदेशमा रहेका थकाली समुदायबाट चन्दा सहयोग जुटाएर रु ५१ लख ५४ हजारको अक्षयकोष बनाएको समितिका अध्यक्ष तुलाचनले जानकारी दिए । कोषमा निर्माण व्यवसायी महासङ्घका तत्कालीन अध्यक्ष स्वर्गीय शरदकुमार गौचनको नाममा उनकी श्रीमती आशाले रु १० लाख सहयोग गरेकी छन् । मुस्ताङ उद्गम थलो भएका थकाली समुदायले तारो खेललाई मौलिक परम्परा मान्छन् ।
परापूर्व कालमा खेतीबाली लगाए र थन्काएपछि मनोरञ्जनका लागि तारो खेल्ने चलन थियो । तारो खेलमा बाँसको धनुषवाण र जरबुटाको तिर हुन्छ । एक ५० मिटर वारीपारी राखिएका दुई वटा फल्याकमा तिर हान्ने गरिन्छ । जुन समूहले धेरै पटक फल्याकमा तिर हान्छ उसैले प्रतियोगिता जित्ने गर्छ । फल्याकको बीचमा राखिने गोलो आकारको सानो भागमा तिर कोपेपछि खोल भएको मानिन्छ । १२औँ तोरन्ल्ह गोल्डकप मुस्ताङको घाँसामा हुने समितिले जनाएको छ ।
तस्बिर रासस
प्रतिक्रिया