प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेसँगै किशिदाले निर्वाचनको मिति घोषणा गर्ने

प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेसँगै किशिदाले निर्वाचनको मिति घोषणा गर्ने


  • टोकियो , जापान

प्रधानमन्त्रीको रुपमा जिम्मेवारी सम्हालेपछि फुमिओ किशिदाले जापानमा अक्टोबर ३१ तारिख आमनिर्वाचन गर्ने योजना बनाएका छन् ।

डेमोक्रेटिक पार्टीको अध्यक्षको रुपमा अक्टोबर ४ तारिख प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेसँगै किशिदाले सोमबार संसदमा संसदको तल्लो सदनको निर्वाचन मिति घोषणा गर्ने भएका छन् ।

एलडीपी नेतृत्वको गठबन्धनको जापानको संसदको दुवै सदनमा बहुमत रहेको छ । किशिदाले गठबन्धन पार्टीका धेरै वरिष्ठ सांसदहरुलाई अर्को हप्ता बिहीबार तल्लो सदन भंग गर्न चाहेको जानकारी गराइसकेका छन् । जुन संसदको विशेष अधिवेशनको अन्तिम दिन रहेको छ । तल्लो सदन सदस्यहरुको वर्तमान कार्यकाल एक हप्ता पछि समाप्त हुने गरी निर्धारण गरिएको छ ।

किशिदाले सोमबार दिउँसोपछि आफ्नो योजनाहरु घोषणा गर्ने बुझिएको छ । एलडीपी गठबन्धन साझेदार कोमेइतोका प्रमुख प्रतिनिधि यामागुची नात्सुओले पनि नयाँ प्रधानमन्त्रीले आफ्नो नीतिगत भाषण गरेपछि तल्लो सदन केही दिनभित्र भंग हुने बताइसकेका छन् ।