निक्षेपकर्ताको करोडौँ रकम ठगी गरेको अभियोगमा इच्छाराज तामाङ पक्राउ

निक्षेपकर्ताको करोडौँ रकम ठगी गरेको अभियोगमा इच्छाराज तामाङ पक्राउ



सिभिल बैंकका अध्यक्ष तथा पूर्वसांसद इच्छाराज तामाङ ठगी आरोपमा पक्राउ परेका छन् । सिभिल सेभिङ एवं क्रेडिट को-अपरेटिभमा बचतकर्ताको ४६ करोड भन्दा बढी रकम हिनामिना गरेको उजुरीको आधारमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले तामाङलाई सोमबार साँझ नियन्त्रणमा लिएको हो ।

दोस्रो संविधान सभामा एमालेको तर्फबाट सांसदसमेत रहिसकेका तामाङमाथि निक्षेपकर्ताको रकम हिनामिना र ठगीको आरोप यसअघि पनि लाग्दै आएको छ ।

तामाङमाथि पछिल्लोपटक ७० जना निक्षेपकर्ताले ४६ करोड बढी ठगी गरेको भन्दै उजुरी गरेका सीआइबीका प्रमुख धीरजप्रताप सिंहले जानकारी दिएका छन् । बताइएअनुसार प्रहरी हिरासतमा रहेका तामाङले निक्षेपकर्ताको रकम आफूले फिर्ता गर्ने बयान प्रहरीसमक्ष दिएका छन् ।