दशैँमा बन्दीप्रत्यक्षीकरणसहित अति आवश्यक मुद्दाको सुनुवाइ हुने

दशैँमा बन्दीप्रत्यक्षीकरणसहित अति आवश्यक मुद्दाको सुनुवाइ हुने



सर्वोच्च अदालतको मंगलबार बसेको पूर्ण बैठकले दशैँ पर्वका अवसरमा बन्दीप्रत्यक्षीकरण र तत्काल सुनुवाइ गर्नुपर्ने मुद्दाको मात्र पेसी तोकी सुनुवाइ गर्ने निर्णय गरेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरासहित सम्पूर्ण न्यायाधीशको पूर्ण बैठकले (फुलकोर्ट) दशैँको बिदामा अति आवश्यक अवस्थामा बन्दीप्रत्यक्षीकरण र तत्काल सुनुवाइ गर्नुपर्ने विषयमा न्यायाधीशको नाम तय गरेको छ ।

सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले जनाएअनुसार फूलकोर्टको बैठकले दसैँ बिदामा बन्दीप्रत्यक्षीकरण र तत्काल सुनुवाइ गर्नुपर्ने मुद्दामा न्यायाधीशहरुको नाम तोक्ने निर्णय गरेको छ ।

यही असोज २१ गतेदेखि आगामी कात्तिक ३ गते कोजाग्रत पूर्णिका दिनसम्म सर्वोच्चसहित देशभरका सबै अदालतमा बिदा दिने निर्णय गरेको छ । सो अविधमा बन्दीप्रत्यक्षीकरणसहित र तत्काल सुनुवाइ गर्नुपर्ने विषयमा भने सुनुवाइ हुनेछ ।