आजको पञ्चाङ्ग एवम् राशिफल (२० असोज २०७८ बुधबार, ६ अक्टोबर २०२१)

आजको पञ्चाङ्ग एवम् राशिफल (२० असोज २०७८ बुधबार, ६ अक्टोबर २०२१)



■ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४३ नेपाल सं. ११४१ शरद ऋतु वि.सं. २०७८ आश्विन २० गते बुधबार तद्अनुसार सन् २०२१ अक्टुबर ६ तारिख आश्विन कृष्णपक्ष अमावश्या तिथि हस्ता नक्षत्र ब्रम्हा योग किंस्तुघ्न करण आनन्दादिमा आनन्द योग चन्द्रमा कन्या राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः५९ मा भयो र सूर्यास्त साँझ १७ः४३ मा हुनेछ । दर्शश्राद्ध, औंसीश्राद्ध, पितृविसर्जन, सोह्रश्राद्ध विसर्जन ।

आजको राशिफल

मेष – समय शुभ र सफलताकारक छ । पारिवारिक सुखशान्ति समृद्धि प्राप्त हुनेछ । आशा उत्साह बढ्नेछ । उन्नति हुनेछ । अन्नधन बढ्नेछ । बल, बुद्धि, शक्ति, सामर्थ्य आदि बढ्नेछन् । ऐश्वर्यवर्द्धक काममा सफलता प्राप्त हुनेछ । खेलकूद भ्रमणमा आकर्षण बढ्ला । मिठो भोजन प्राप्त हुनेछ । सार्थक कार्यमा रुचि बढ्नेछ । ऋण, रोग र शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ । समस्याको समाधान मिल्नेछ । स्वास्थ्यमा सुधार हुनेछ र व्यर्थको खर्चप्रति पनि नियन्त्रण आउनेछ ।

बृष – आमोदप्रमोदमा रुचि बढ्ला । यात्रामा सफलता प्राप्त हुनेछ । कठोर परिश्रमले सफलता प्राप्त होला । इष्टमित्रको सहयोग मिल्नेछ । सन्ततिसुख बढ्नेछ । महत्वपूर्ण पात्रसित भेटघाट हुनेछ र सहयोग पनि प्राप्त होला । वार्तामा सफलता मिल्नेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछन् ।

मिथुन – व्यस्तता बढ्नेछ । लगानी पनि वृद्धि होला । ऋण रोग र शत्रुसितको व्यवहारमा ध्यान दिनुपर्नेछ । नियमकानुन पालनामा विशेष ध्यान दिनुहोला । जोखिममा पर्नु उचित हुने छैन ।

कर्कट – समय सफलतादायक छ । नयाँ सम्भावना देखापर्ने छ । आशा उत्साह बढ्नेछ । सुख समृद्धि बढ्नेछन् ।

सिंह – आयस्रोत बढ्नेछ । ख्याति फैलिनेछ । बौद्धिक र सृजनात्मक कार्यमा सफलता मिल्नेछ । समस्याको समाधान मिल्ला । लगानी उठ्ला । मान मिल्नेछ । शुभ कार्यमा प्रवृत्ति बढ्ला ।

कन्या – बौद्धिक र रचनात्मक कार्य बन्ने समय छ । मित्रजन तथा प्रेमपात्रको सहयोग मिल्नेछ । सुख आनन्दमा रुचि बढ्नेछ । जोखिमप्रति सचेत रहनहोला । धनको आगमन भइरहनेछ । अवश्यमेव सफल हुनुहुनेछ ।

तुला – रसरागमा आकर्षण बढ्ला । विलासको वस्तु किन्नमा सफल हुनुहुनेछ । मान महत्त्व बढ्नेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । सन्ततिसुख बढ्नेछ । यात्रापरक कार्यमा सफलता मिल्नेछ । उत्साह बढ्नेछ । आफन्तको साथ मिल्नेछ । ख्याति फैलिनेछ । मिठो भोजन मिल्नेछ ।

वृश्चिक – ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्ला । आय वृद्धि भैरहनेछ । यात्रा होला । विवाद आदिप्रति सचेत भइ अरुको भरमा नबसेर काम गर्नु उचित हुनेछ । बोलीको प्रभाव बलियो रहनाले वार्तामा सफलता प्राप्त होला ।

धनु – पारिवारिक कार्य बन्ला । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । सन्तानसित सम्बन्धित काममा सफलता मिल्ला । रोकिएको धन उठ्ला । साझेदारीको काम बन्ला । मिठो भोजन मिल्नेछ । भोगविलासमा रुचि बढ्ला । मान महत्व बढ्नेछ । खेलकूद र भ्रमणमा आकर्षण बढ्नेछ । धन सम्पत्ति बढ्नेछ ।

मकर – सुख सम्पन्नता बढ्नेछ । मिठो भोजन खान पाउनुहुनेछ । आयवर्द्धक कार्यमा सफलता मिल्नेछ । शुभ काममा रुचि बढ्ला । मान बढ्नेछ । घुमफिर गर्नुहुनेछ । यात्रामा सफलता पाउनुहुनेछ । आफन्तको सहयोग मिल्नेछ ।

कुम्भ – आरोग्यतामा वृद्धि हुनेछ । खर्चमा नियन्त्रण आउनेछ । ऋण रोग र शत्रुसित सम्बन्धित काममा सफलता प्राप्त होला । मिठो भोजन मिल्नेछ । रसरागमा आकर्षण बढ्ला । धन सम्पत्ति पनि बढ्नेछ । नियमकानूनप्रति सचेत रहनुपर्ला । लापर्वाही नगर्नु उत्तम हुनेछ ।

मीन – नियमित काममा सफलता मिल्नेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ साथै हांविलासमा आकर्षण बढ्नेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ला । मित्रमिलन हुनेछ । समस्याको समाधान मिल्नेछ । आमोदप्रमोदमा रमीरहनु हुनेछ । भ्रमण होला । वार्तामा सफलता मिल्नेछ । सांझेदारीको काम बन्नेछ । आयस्रोत बढ्ला ।