घरेलु टोली क्यासलले फाइनलमा, सविन बाहिरियो

घरेलु टोली क्यासलले फाइनलमा, सविन बाहिरियो



घरेलुटोली स्पोर्टस् क्यासलले राष्ट्रिय ए डिभिजन फुटसल लिगको फाइनल प्रवेश गर्दा सविन मेमोरियल भने बाहिरिएको छ ।

पोखरा रंगशाला बहुउदेश्यीय कभर्डहलमा फाइनल प्रवेशका लागि बुधबार भएको खेलमा क्यासलले द राइजिङ क्लब धरानलाई ८–६ को गोल अन्तरले हराउँदै जित हात पारको हो । अत्यन्तै प्रतिस्पर्धात्मक खेलको सुरुवातमा क्यासले २ गोलको अग्रता लिएपनि जित हातपार्न भने निकै हम्मे हम्मे पऱ्यो । क्यासललाई फाइनलमा पुऱ्याउन सुमित श्रेष्ठ (मेस्सी) नायक बने ।

खेलको चौथो मिनेटमा किशोर गुरुङले गोल गर्दै क्यासललाई अग्रता दिलाए । छैटौँ मिनेटमा विजय गुरुङले गोल गर्दै अग्रता दोब्बर पारे । २ गोलले पछि परेको राइजिङले नवौं मनेटमा हेमन्त थापाको गोलमा खेलमा फर्कने आशा दिलाए । १२ औं मिनेटमा मिलन राईले बराबरी गोल फर्काए । १३ औं मिनेटमा सुदिप गुरुङले गोल गर्दै राइजिङलाई अग्रता दिलाए । २३ औं मिनेटमा हेमन्तले पनि व्यत्तिलगत दोस्रो गोल गर्दै राइजिङलाई ४–२ को स्थितिमा पुऱ्याए ।

खेलको २८ औं मिनेटमा किशोरले व्यक्तिगत दोस्रो गोल गर्दै क्यासललाई अग्रता घटान मद्धत गरे । २८ औं मिनेटमा सुमितले पनि व्यक्तिगत दोस्रो गोल गर्दै खेल बराबरीमा ल्याए । ३१ औं मिनेटमा राइजिङका मिलनले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीका लागि चौथो गोल गरे । ३२ औं मिनेटमा सुदिपले पनि व्यक्तिगत दोस्रो गोलमा टोलीलाई ६–४ को स्थितिमा लगे । दबाबमा परेको क्यासलका लागि ३४ औं मिनेटमा सुमितले गोल गरे । उनले ४० औं मिनेटमा ह्याट्रिक पुरा गर्दै टोलीलाई खेलमा फर्काए । सोहि समय अर्थात ४० औं मिनेटमा क्यासलका किशोरले पनि ह्याट्रिक पुरा गर्दै खेल बराबरीमा ल्याए । यस अघि ३९ औं मिनेटमा सुरज गुरुङले क्यासलका लागि गोल गरे ।

क्यासल लिग तालिकाको शिर्ष स्थानमा रहँदै प्लेअफमा पुगेको थियो । यस्तै राइजिङपनि दोस्रो स्थानमा रहँदै प्लेअफमा पुगको थियो ।

यस्तै सविन मेमोरियल शंखमुलसंग ३–२ को हार व्यहोर्दै प्लेअफबाट बाहिरीएको छ । अब शंखमुलले फाइनल प्रवेशका लागि द राइजिङ क्लब धरानसंग खेल्ने छ । शंखमुलका जेनिश प्रजापतिले खेलको ११औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए । पहिलो हाफ १ गोलको अग्रता लिएको शंखमुलले दोस्रो हाफमा थप २ गोल गऱ्यो । क्रिजल खड्काले २४औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारे । सविनका सरोज गुरुङले २७ औं मिनेटमा गोल गर्दै अग्रता घटाए । शंखमुलका क्रिजलले ३०औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दा शंखमुल ३–१ ले अघि रह्यो । सविनले पाएको अवसरको सदुपयोग गर्न नसक्दा हार व्यहोरेको हो । खेलको ३५ औं मिनेटमा मनोज गुरुङले गोल गर्दै अग्रता घटाएपनि अवसरको सदुपयोग गर्न नसक्दा हार व्यहोरेको हो ।