इन्डोनेसियद्वारा जैविक इन्धनको प्रयोग गरी सफल उडान परीक्षण

इन्डोनेसियद्वारा जैविक इन्धनको प्रयोग गरी सफल उडान परीक्षण



इन्डोनेसियाले जैविक इन्धन (बायोभ्टर जे २.४) को प्रयोग गरी मध्यम दुरीको जुम्ल्याहा इन्जिन भएको विमानको सफलतापूर्वक उडान परीक्षण गरेको छ ।

बायोभ्टुर जे २.४ एक मिश्रित इन्धन हो जुन २.४ प्रतिशत परिष्कृत पाम तेलबाट बनेको हुन्छ ।

उक्त परीक्षण उडानका क्रममा त्यहाँका ऊर्जा तथा खनिज स्रोत मन्त्री अरिफिन तसरिफले आफूहरूले नयाँ इतिहास रच्न लागेको र त्यो समयको पर्खाइमा रहेको समेत बताएका सिन्ह्वाले जनाएको छ ।

मन्त्री तसरिफका अनुसार पाम तेलमा आधारित बायोडीजल मिश्रण इन्धन भू(यातायातमा प्रयोग गरिएको छ अब त्यसलाई हवाई यातायातमा पनि प्रयोग गरिनेछ।

उडान परीक्षण १०,००० र १,६००० फिट को उचाइ मा उडान गर्ने विमानसँगै गरिएको थियो । उक्त परीक्षणबाट जेट A1 ईन्धन र J 2.4 को उपयोग गर्ने विमान र यसमा समानता पाइएको छ । यातायातमन्त्री बुडी कार्यासुमादी यो परीक्षणको सफलता देश भित्रको मात्र नभएर अन्तरराष्ट्रिय रूपमै भएको बताएका छन् ।