जापानमा ६.१ म्याग्निचुटको भूकम्प

जापानमा ६.१ म्याग्निचुटको भूकम्प


  • टोकियो (जापान)

जापानको राजधानी टोकियो क्षेत्र भएर भूकम्पको ठुलो धक्का महसुश गरिएको छ । अक्टोबर ७ तारिख राति १० बजेर ४१ मिनेटको समयमा ६.१ म्याग्निचुटको भूकम्प गएको हो ।

टोकियो र आसपासका क्षेत्रमा भुकम्पले डरलाग्दो गरि हल्लाउँदा मानिसहरु आत्तिएका थिए । टोकियोसँगैको चिवा प्रिफेक्चरमा ८० किलोमिटर गहिराइमा केन्द्रबिन्दु भएर भूकम्प गएको यहाँको मौसमसम्बन्धी संस्थाले बताएको छ ।

हालको भूकम्पबाट सुनामी लगायत खतरा भने नरहेको एजेन्सिले जनाएको छ । विस्तृत विवरण आउन बाँकी नै छ ।