कारमा गोली प्रहार गरी जंगलमा लुटपाट

कारमा गोली प्रहार गरी जंगलमा लुटपाट



कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नम्बर १० स्थित गोरुसिङे जंगलमा अज्ञात ब्यक्तिहरुले गोली प्रहार गरी ८ लाख नगद लुटपाट गरेर फरार भएका छन् ।

तौलिहवा(गोरुसिङे सडकअन्तर्गत तिलौराकोट साझेदारी वनको अफिसनजिकै मोटरसाइलमा आएका २ जनाले कारमा सवार एक जनामाथि गोली प्रहार गरी सो नगद लुटेर भागेका हुन् ।

बिहीबार दिउँसो ३ बजेतिर प्र-३-०१-२३ च ८०८९ नम्बरको कारमा सवार मायादेवी गाउँपालिका-४ चाकरचौडाका रामरक्षा जैसवालमाथि गोली प्रहार गरी लुटेरहरु भागेको प्रहरी उपरीक्षक दानबहादुर कार्कीले बताए । लुटेराले गोली प्रहार गर्दा गोली भने कारमा लगेको थियो । फरार लुटेराहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।