आजको पञ्चाङ्ग एवम् राशिफल (२३ असोज २०७८ शनिबार, ९ अक्टोबर २०२१)

आजको पञ्चाङ्ग एवम् राशिफल (२३ असोज २०७८ शनिबार, ९ अक्टोबर २०२१)



अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४३ नेपाल सं. ११४१ शरद ऋतु वि.सं. २०७८ आश्विन २३ गते शनिबार तद्अनुसार सन् २०२१ अक्टोबर ९ तारिख आश्विन शुक्लपक्ष तृतीया तिथि विशाखा नक्षत्र प्रीति योग वणि करण आनन्दादिमा शुभ योग चन्द्रमा तुला राशिमा १५ः३९ बजेसम्म त्यसपछि वृश्चिक राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः१ बजेमा भयो र सूर्यास्त साँझ १७ः३९ बजेमा हुनेछ ।

आजको राशिफल

मेष – मिठो भोजनको योग छ तर खानपानमा विचार पुर्याउनुहोला । पारिवारिक सुख र धन मान महत्व बढ्नेछ । धनको आगमन भैरहनेछ । भ्रमणमा आकर्षण बढ्ला । विलासमा रुचि बढ्नेछ । सुख–सुविधाको वस्तु र विलासको बस्तु बढ्लान् । ऋण रोग र शत्रुमाथि विजय होला ।

बृ लाभ वृद्धि हुनेछ । आरोग्यता बढ्ला । विजयश्री मिल्नेछ । उन्नति पदोन्नति हुनेछ । अन्नधन वृद्धि होला । यात्रामा सफलता मिल्नेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ला । आशा उत्साह बढ्नेछ । नयाँ आयस्रोत बढ्नुसँगै उधारो लगानी लगाइएको धन उठ्नेछ । रोकिएको काम बन्नुसँगै नयाँ कार्यमा पनि सफलता मिल्नेछ । घरपरिवारको स्थिति अनुकूल रहला साथै कार्य व्यापारमा पनि सफलता पाउनुहुनेछ । धनसित सम्बन्धित वार्तामा सफलता पाउनुहुनेछ । सुखशान्ति महत्व ऐश्वर्य बढ्नेछ ।

मिथुन – ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । रसरागमा रुचि बढ्नेछ । कार्यक्षेत्रसित सम्बन्धित काम बन्नेछ । दायित्व पूरा गर्नुहुनेछ । मिठो भोजन मिल्नेछ । आरोग्यता बढ्ला । मनोकूल कार्य बनेर मन प्रशन्न हुनेछ । मान प्राप्त होला । विजयश्री मिल्नेछ । सुख सुविधाको बस्तुमा खर्च बढ्नेछ ।

कर्कट – विश्वास गरेकाबाट घात हुन सक्ने भएकोले विचार पुर्याउनुहोला । आरोग्यता भने बढ्नेछ । प्रेममा सफलता प्राप्त हुनेछ । खेलकुद र भ्रमणमा रुचि बढ्ला । मिठो भोजन मिल्नेछ । सुख शान्ति बढ्नेछ ।

सिंह – दौडधुप बढ्नेछ । शारीरिक र आर्थिक कार्यमा जोखिम नलिनु बेस होला । ऋण रोग र शत्रुप्रति सचेत रहनुहोला । स्वास्थ्यमा लापरबाही नगर्नु हितकर रहनेछ । यात्रामा कष्ट निम्तन सक्ने भएकोले सावधानी अपनाउनुहोला । अरुको भरमा नबस्नु बेस होला ।

कन्या – शुभ र लाभदायक काम बन्नेछन् । रोकिएको काम बन्नुसँगै नयाँ काम पनि बन्नेछ । मान महत्व बढ्नेछ । जीवन साथिको सहयोग मिल्नेछ । आयस्रोत बढ्ला । लगानी उठ्ला । सुखशान्ति ऐश्वर्य अभिवृद्धि हुनेछ । साझेदारीको कार्य बन्नेछ । आफन्तको सहयोग मिल्नेछ । विलासमा रुचि बढ्नेछ । ख्याति फैलिनेछ । धन सम्पत्ति बढ्नेछ । आशा उत्साह थपिनेछ । यात्रामा सफलता हासिल हुनेछ । तुला

तुला – मान महत्व बढ्नेछ । गौरव वृद्धि हुनेछ । यात्रा हुनेछ । स्वास्थ्यमा सुधार हुनेछ । कार्यक्षेत्रमा सफलता मिल्नेछ । रोकिएको कार्य बन्ला । नयाँ कार्यमा पनि सफलता पाउनुहुनेछ । आफन्तको सहयोग समर्थन मिल्नेछ । रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ ।

वृश्चिक – भाग्योदय होला । आरोग्य वृद्धि हुनेछ । मिठो भोजन प्राप्त हुनेछ । प्रेमपथमा प्रगति होला । काममा सफलता पाउनुहुनेछ । सद्कर्म पथमा प्रगति होला । आफन्तको सहयोग बढ्ला । साथीसित भेटघाट होला । बौद्धिक र रचनात्मक कार्यमा सफल हुनुसँगै गीतसंगीतमा पनि आकर्षण बढ्नेछ । इष्टमित्रको सहयोग पाउनुहुनेछ । सन्तानसुख बढ्नेछ । आमोदप्रमोदमा रमिरहनु हुनेछ । शैक्षिक र रचनात्मक कार्यमा सफल रहनेछ । धैर्य र संयमले काम गरेमा सफलता मिल्नेछ ।

धनु – भागदौड र व्यस्तता बढ्नेछ । अरूको भरमा बस्नु र विवादमा पर्ने उचित हुनेछैन । आफ्नै बल–विवेकले कार्य गर्नु बेस रहला । देखिएको समस्याको समाधान गर्नुहुनेछ । शारीरिक र आर्थिक हीत हुने काममा लाग्नुहोला । अरुको भरमा बस्नु र विवादमा पर्नु उचित हुनेछैन । जोखिमप्रति सचेत रहनु पर्नेछ ।

मकर – ऋण रोग र शत्रुलाई जित्ने सामर्थ्य बढ्नेछ । साहसिक काम बन्नेछ । मिठो भोजन मिल्नेछ । रसरागमा रुचि बढ्ला । विकासको नयाँ सम्भावना देखापर्ला । आशा उत्साह बढ्नेछ । यात्रामा सफलता पाउनुहुनेछ । सुखशान्ति बढ्नेछ । लेखन प्रकाशनसित सम्बन्धित कार्य बौद्धिक र रचनात्मक कार्य आदि क्षेत्रमा सफलता पाउनुहुनेछ । इष्टमित्रको सहयोग मिल्ने छ । ऐश्वर्य बढ्नेछ ।

कुम्भ – घरपरिवारको स्थिति अनुकूल रहनेछ । कार्यव्यवस्था क्षेत्रमा सफलता मिल्नेछ । सभासमारोहमा पुरस्कार पाउनुहुनेछ । आर्थिक पक्ष बलियो बन्ने छ । विजयश्री मिल्ने छ । आरोग्यप्रद काममा सफलता मिल्नेछ । आनन्द बढ्नेछ । सुखशान्ति बढ्ला ।

मीन – समय भाग्यवर्धक छ । प्रयासरत काममा सफलता मिल्नेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । विकास होला । सुख–सुविधा बढ्नेछ । मन अनुकूलको काम बन्नेछ । भोगविलासमा आकर्षण बढ्नेछ । ख्याती फैलिनेछ । सुखी र सफल रहनुहुनेछ । रोगबाट छुट्कारा पाउनुहुनेछ । यात्रा होला । सुख सन्तति बढ्ला ।