शैक्षिक सुधारको क्रमलाई निरन्तरता दिने नवनियुक्त शिक्षामन्त्री पौडेलको प्रतिबद्धता

शैक्षिक सुधारको क्रमलाई निरन्तरता दिने नवनियुक्त शिक्षामन्त्री पौडेलको प्रतिबद्धता


आफू अहोरात्र खट्ने, कर्मचारीलाई पनि सोही अनुसार खटाउने !


नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले संविधानले परिकल्पना गरेको समाजवादोन्मुख राज्य प्रणालीको अवधारणलाई सफल तुल्याउन आवश्यक पर्ने शैक्षिक जनशक्ति उत्पादनमा नीतिगत सुधारका लागि प्राथमकिता दिने बताएका छन् ।

सिंहदरबारस्थित मन्त्रालयमा पदबहालीका क्रममा सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै मन्त्री पौडेलले शिक्षामा भइरहेको सुधारलाई निरन्तरता दिँदै अरोरात्र खटेर आमूल परिवर्तन गर्ने जनाए । आफ्नो खटाइबमोजिम नै तनमन लगाएर कार्य गर्न सम्बन्धित कर्मचारीलाई उनले निर्देशन दिए ।

मन्त्री पौडेलले भने, ‘सरकारले पढ्दै, कमाउँदै भन्ने कार्यक्रम पनि ल्याएको छ । शिक्षालाई देश र जनताको हितमा उपयोग गर्न दातृ निकायसँगको समेत सहयोग लिएर रोजगारमूलक बनाउन नीतिगत पहल गर्न आवश्यक छ । त्यसमा म र मन्त्रालयका तर्फबाट काम हुनेछ । सङ्घीय शिक्षा निर्माण लगायत विद्यमान आवश्यकता र समस्याका लागि मेरो ध्यान जानेछ ।’

पदबहालीका लागि मन्त्रालय पुगेका मन्त्री पौडेललाई मन्त्रालयका सचिव रामप्रसाद थपलियालगायत उच्च कर्मचारीले स्वगत गरेका थिए ।

मन्त्री पौडेलसँगै नवनियुक्त राज्यमन्त्री बोधमायाकुमारी यादवले पनि शुक्रबार नै मन्त्रालयमा बहाली गरेकी छन् ।

pict:rss