पाकिस्तानी ‘परमाणु हतियारका पिता’ अब्दुल कदीर खानको निधन

पाकिस्तानी ‘परमाणु हतियारका पिता’ अब्दुल कदीर खानको निधन



पाकिस्तानको ‘परमाणु बमका पिता’का रूपमा सम्मानित अब्दुल कदीर खानको ८५ वर्षको उमेरमा निधन भएको छ । खानलाई कोभिड-१९ सङ्क्रमणपछि स्वास्थ्यमा आएका समस्याको उपचारका लागि इस्लामावादस्थित एक अस्पताल भर्ना गरिएको थियो । उनको उपचारका क्रममा निधन भएको पाकिस्तानी अधिकारीहरूले आइतबार पुष्टि गरेका छन् ।

पाकिस्तानी परमाणु वैज्ञानिकलाई आफ्नो देशलाई विश्वकै पहिलो इस्लामिक आणविक शक्तिमा परिणत गरेकोमा राष्ट्रिय नायकको रूपमा सम्मान गरिएको थियो । यद्यपि पश्चिमा मुलुकहरूले उनलाई फरक दृष्टिले हेर्ने गरेका पाइन्छ ।

फोक्सोको समस्याले गर्दा इस्लामाबादको केआरएल अस्पतालमा सारिएपछि उनको मृत्यु भएको पाकिस्तानको राज्यद्वारा सञ्चालित राष्ट्रिय प्रसारक पीटिभीले पुष्टि गरेको छ ।

खानलाई अगस्तमा कोभिद–१९ सँगै त्यही अस्पतालमा भर्ना गरिएको थियो तर केही हप्ताअघि उनी घर फर्किन सक्ने बताएपछि घर लगिएको थियो । उनको स्वास्थ्यमा पुन स्वासप्रस्वासम्बन्धी समस्या देखिएपछि सोही अस्पतालमा लगिएको थियो ।

पाकिस्तानका राष्ट्रपति आरिफ अल्भीले एक ट्वीटमा डा. अब्दुल कादिर खानको निधनको खबरले आफू निकै दुःखी भएको बताएका छन् । सन् १९८२ देखि नजिकबाट चिनेदेखि नै उहाँप्रति व्यक्तिगत रूपमा तथा पाकिस्तानी राष्ट्रपतिका हैसियतले उच्च सम्मान गर्दै आएको थिएँ भन्दै राष्ट्रपति अल्भीले शोक प्रकट गरेका छन् ।

“उहाँले हामीलाई राष्ट्रको प्रतिरक्षा प्रणाली मजबुत पार्न आणविक प्रणालीको विकास गर्न मदत गर्नुभएको थियो । राष्ट्रले उनको सेवा कहिल्यै बिर्सनुहुने छैन”, ट्वीटमा उनले लेखेका छन् ।

खानले परमाणु क्षेत्रमा राष्ट्रलाई आर्क-राइभल भारतसँग मिलाएर आफ्नो सुरक्षालाई ‘अजेय’ बनाएकोमा प्रशंसा गरिएको थियो । इरान, लिबिया र उत्तर कोरियासँग अवैध रूपमा आणविक प्रविधि बाँडेको आरोप लागेका कारण उहाँको योगदान र उचाइ छायामा परेको बताउने गरिएको छ ।

खानलाई सन् २००४ मा राजधानी इस्लामाबादमा तीन देशहरूमा प्रसार सञ्जाल चलाएको स्वीकार गरेपछि घरमा नै कडा नजरबन्दमा राखिएको थियो ।

सन् २००६ मा खानलाई प्रोस्टेट क्यान्सर भएको थियो तर शल्यक्रियापछि उनलाई उक्त समस्या निको भएको थियो ।

पाकिस्तानी अदालतले उहालाई नजरबन्दबाट रिहा गर्न आदेश दिएपछि फेब्रुअरी २००९ मा उनले खुला हिँडडुलका लागि अनुमति पाएका थिए ।